‘मेट्रो मार्ट’ले थप ‘आउटलेट’ बिस्तार गर्ने, उपभोक्ताको किनमेल ‘टे«न्ड’ बद्ल्दै


कोहलपुर २४ कात्र्तिक – कोहलपुरको दशबिघामा दुई वर्षअघि शुरु भएको डिर्पाटमेन्टल स्टोर ‘मेट्रो मार्ट’ले आफ्नो दोस्रो ‘आउटलेट’ बिस्तार गर्दैछ । दोस्रो शाखा कोहलपुर हाईस्कुल क्षेत्रमा बिस्तार गर्न लागिएको प्रबन्ध निर्देशक मनिष मण्डल बताउँछन् । अहिले उक्त शाखाको पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

युवाहरु मिलेर कोहलपुरमा मेट्रो मार्ट सन्चालनमा ल्याएका हुन । उक्त मार्टमा खाद्यन सम्बन्धी सम्पूर्ण सामाग्री पाईन्छ । आफुलाई आवश्यक पर्ने सामाग्री खरिद गर्न पसल–पसल चाहार्नु पर्दैन् । डिर्पाटमेन्टल स्टोरमा गएर सामान किन्ने ‘टे«न्ड’ बनिनसकेका बेला युवाको समूहले शहरका रुपमा स्थापित हुँदै गरेको कोहलपुरमा मेट्रो मार्ट खोल्ने जोखिम मोलेका थिए ।

‘सिसाको घरमा सामान्न किन्न जान हिच्चकिचाउने अवस्था थियो । यद्यपी अहिले टे«न्ड बद्लिदै छ’ प्रबन्ध निर्देशक मण्डल भन्छन्–‘हामी सन्तोष मानिरहेका छौं ।’ कोहलपुरको दोस्रो शाखा पहिलो शाखा भन्दा ठुलो रहेको छ । आगामी दिनमा थप आउटलेट नेपालगञ्ज लगायतका शहरमा सन्चालन गर्ने योजना रहेको मण्डल बताउँछन् । ‘चाहेको सामान किन्न बजारभरी घुम्नुपर्दैन । फेरी हामी गुण्स्तरिय र उचित मुल्यमा सामान दिन्छौ ।’ मण्डल भन्छन्–‘उपभोक्ताले खोज्ने भनेकै यही हो । त्यसकारण आगामी दिनमा डिमार्टमेन्टल स्टोरमा गएर सामान्न किन्ने उपभोक्ताको संख्या बढ्ने निश्चित छ ।’

प्रकाशित मितिः     २४ कार्तिक २०७६, आईतवार १०:४७  |