नेपालगञ्ज २४ कात्र्तिक -प्रदेश ५ सरकारले प्रदेश विश्वविद्यालय स्थापनाको काम शुरु गरेको छ । विश्वविद्यालय स्थापनाका लागि मन्त्री परिषद्बाट सैद्धान्तिक सहमतिपछि विश्वविद्यालयको विधे यकको मस्यौदा अन्तिम चरणमा पुगेको प्रदेशको सामाजिक विकास मन्त्रालयका अधिकारीहरुले जनाएको छन् । मस्यौदा गरिएको विधेयकको प्रदेश विश्वविद्यालयको शैक्षिक कार्यक्रममा उच्च शिक्षातर्फ विज्ञान तथा प्रविधि, प्राविधिक तथा व्यवसायिक शिक्षालाई प्राथमिकतामा र ाखिएको छ । धार्मिक विद्यालयको रुपमा संचालनमा रहे को मदरसा विद्यालय शिक्षा पछिको उच्च शिक्षाको समस्यालाई प्रदेश विश्वविद्यालय मार्फत सम्बो धन गर्न खोजिएको छ ।
यसलाई कपिलमुनी विश्वविद्यालयको अन्य विश्वविद्यालयको भन्दा फरक कार्यक्रम देखिन्छ । यद्यपी ने पालका विश्वविद्यालयको अभ्यासलाई हेर्ने हो भने कपिलमुनि विश्वविद्यालयको स्थापना, संचालन र कार्यान्वयनको पक्ष कस्तो हुने हो अहिले नै यसै भन्न सकिन्न । प्रदेश विश्वविद्यालय स्थापनाको लागि विधेयकको मस्यौदा बनिरहेको र त्यसमाथि विश्वविद्यालय क्षेत्रका विज्ञहरुलाई राखी छलफल समेत भएको सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताए । मस्यौदामाथि विज्ञहरुलाई बो लाएर एक पटक छलफल गरिसकेका छौं मन्त्री बरालले भने, अन्तिम मस्यौदापछि अब क्याबिनेटमा जान्छ । मन्त्री बर ालका अनुसार प्रदेशले स्थापना गर्ने विश्वविद्यालयको नाम कपिलमुनि राखिनेछ । मस्यौदा गरिएको विधेयकको नाममा पनि ‘कपिलमुनि विश्वविद्यालय ऐन–२०७६’ छ । प्रदेश नं. ५ मा यस अघि नै नेपाल संस्कृत विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालय गरी दुई विश्वविद्यालय छन् ।
मस्यौदालाई अन्तिम रुप दिई एक दुई दिनभित्रै आन्तरिक मामिला तथा कानून मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयको सहमतीका लागि पठाउने तयारी गरिएको छ । तयार गर्दै गरिएको प्रदेश विश्वविद्यालयको विधेयकमा विद्येयकले विज्ञान तथा प्रविधि, प्राविधिक शिक्षा, कला, आधुनिक प्रविधि सम्बन्धी बिषय, धर्म तथा संस्कृति सम्बन्धी बिषयको अध्ययन, अध्यापन गर ाउने उल्लेख छ । प्रदेश विश्वविद्यालय अन्तर्गत अनुसन्धान केन्द्र, विद्यापरिषद र क्याम्पसहरु रहने मस्यौदा विधेयकमा उल्लेख गरिएको छ । प्रदेश विश्वविद्यालयले विज्ञान तथा प्रविधि, प्राविधिक तथा व्यवसायिक शिक्षाका कार्यक्रमलाई प्राथमिकता दिई संचालन गर्ने मन्त्री बरालले बताए । उनले विश्वविद्यालयले धर्म तथा संस्कृतिको बिषयलाई समेटेको बताए ।
धार्मिक तथा संस्कृति बिषय मदरसा शिक्षा, गुम्बा शिक्षा र गुरुकुल शिक्षाको कार्यक्रमलाई समेटिने उनको भनाई छ । त्यसका लागि विश्वविद्यालयमा धार्मिक तथा संस्कृतिको विभाग रहने उनले बताए । प्रदेश विश्वविद्यालय स्थापनाका लागि प्रदेश ५ सर कारले चालु आर्थिक बर्षका लागि मन्त्रालयले ५ करोड बजेट विनियोजन गरेको मन्त्रालयका प्रवक्ता टिकाराम अर्यालले बताए । उनले गत साल प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेश विश्वविद्यालयको बिषयमा संम्भाव्यता अध्ययन गरे अनुसार मन्त्रालयले विश्वविद्यालय स्थापनाका लागि विधेयक निर्माणको काम गरेको जानकारी दिए । हाल नेपालमा त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्विनी बौद्ध विश्वविद्यालय, सुदुरपश्चिम विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, र ाजश्रीजनक विश्वविद्यालय, राष्ट्रिय खुल्ला विश्वविद्यालय गरी ११ वटा विश्वविद्यालय स्थापना भइसकेका छन् ।