मर्निङ्गवाक निस्किएका बृद्धको खुट्टा बसपार्कको गेटको पाइपमा अड्कियो, तीन घण्टापछि उद्धार


तस्वीर – मनिष रेग्मी

नेपालगञ्ज २६ कात्र्तिक – नेपालगञ्ज बसपार्कको उत्तर गेटमा जमिनमा सटेर निर्माण गरिएको पाईपमा अड्किएर आज बिहान एकजना बृद्ध घाइते भएका छन् । परिचपय खुल्न नसकेका ती बृद्ध मर्निङ्ग वाक गर्न निस्किएका थिए । बसपार्क प्रवेश गर्ने क्रममा पाईपमा उनको एउटा खुट्टा अड्किएको प्रत्यक्षदर्शी मनिष रेग्मीले बताए ।

ठेकेदारले पुल निर्माण गर्दा पाईपको ‘ग्याप’ ठुलो बनाएका कारण उक्त दुर्घटना भएको आशंका गरिएको छ । खुट्टा अड्किएको तीन घण्टासम्म पनि ती बृद्धको उद्धार हुन सकेन । मेशिनबाट पाईप काटेपछि मात्र उनको खुट्टा निस्किएको प्रहरीका असई बसन्त केसीले बताए । उद्धार पछि उनलाई आफन्तले उपचारका लागि लगेका छन् ।

समाजसेवी एवं राजनीतिज्ञ समेत रहेका घटनाका प्रत्यक्षदर्शी मनिष रेग्मीले घटना डरलाग्दो भएको बताउँदै आगामी दिनमा यस्ता गल्ती नदोहो¥याउन सचेत बन्नुपर्ने बताए । उनले यस्तो कार्य गर्ने माथि कारवाही गर्न माग गरेका छन् ।

प्रकाशित मितिः     २६ कार्तिक २०७६, मंगलवार ०८:०४  |