नेपालगञ्ज एक्वा एडभेन्चर पार्कमा बृक्षारोपण, बन्ने छ आर्कषक ‘मिनि जङ्गल’


नेपालगञ्ज-नेपालगञ्जको भवानियापुरमा निर्माणाधिन नेपालगञ्ज एक्वा एडभेन्चर पार्कमा चारसय बिरुवा रोपिएको छ । आज एक कार्यक्रमको आयोजना गरी बिभिन्न क्षेत्रका अगुवाले बृक्षारोपणमा सहभागिता जनाए । उक्त फनपार्कमा ८ हजार रुख रोप्ने योजना रहेको सन्चालक पशुपति दयाल मिश्र बताउँछन् । भविष्यमा नेपालगञ्जलाई सुख्खा हुनबाट जोगाउन र हरियाली बनाउन बृक्षारोपण गरिएको छ ।

मिश्रका अनुसार एक प्रकारले पार्क जंङ्गलमा रुपान्तरण हुने छ । जहाँ त्यही उजाड भइरहेका बेला मानिसहरु पार्कमा गएर रमाइलो अनुभुती गर्ने छ । उक्त फनपार्कमा बिभिन्न आर्कषक मनोरन्जनको पूर्वाधार तयार हुँदैछ ।

प्रकाशित मितिः     २६ कार्तिक २०७६, मंगलवार १४:५१  |