बाघका कारण त्रसित ढकेरी मध्यवर्ती क्षेत्रका सर्वसाधारण, एक्लै जङ्गल नजान आग्रह


नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जबाट आएका बाघका कारण मारिन थालेपछि ढकेरी मध्यवर्ती क्षेत्रका सर्वसाधारण त्रसित भएका छन् । दुई दिनको अन्तरालमा मध्यवर्ती क्षेत्रका दुई जना महिलाको मृत्यु भइसकेको छ । उक्त घटनापछि सर्वसाधारणहरु घरबाट बाहिर निस्किन सकेका छैनन् ।

ढकेरी मध्यवर्ती क्षेत्र उपभोक्ता समिति समितिका सचिव रोशन कुमार वलीले सर्वसाधारणले घाँस, दाउरा गर्न एक्लै नजान र सचेतना अपनाउन आग्रह गरेका छन् ।

प्रकाशित मितिः     २७ कार्तिक २०७६, बुधबार १२:३४  |