नेपालगञ्ज २७ कात्र्तिक – बर्दियाको बढैयाताल गाउँपालिकामा रहेका व्यवसायीहरुले स्थानीय तहले बिभिन्न क्षेत्रमा लगाएको करका बिषयमा सरोकारवाला निकायको ध्यानार्कषण गराएका छन् । आज बढैयाताल उद्योग वाणिज्य संघले नगर प्रमुख लालबहादुर श्रेष्ठको ध्यानार्कषण गराएको छ ।
चर्को करका कारण सन्चालनमा रहेका उद्योगीलाई समस्या परेको र नयाँ उद्योगी, व्यवसायी लगानी गर्न आउन नसकेको बढैयाताल उद्योग वाणिज्य संघका अध्यक्ष बालकृष्ण लामिछानेले बताए । नगरपालिका भन्दा पनि चर्को कर लिने गर्दा व्यवसायीक वातावरण बन्न नसकेको बिषयमा नगर प्रमुखको ध्यानार्कषण गराएको हो ।
व्यवसायीका गुनासो सुनेपछि नगर प्रमुख श्रेष्ठले आफुले ती बिषयलाई सम्बोधन गर्ने बताए । उनले करका दर हेरेर आधा छुट गर्नेसम्मको प्रावधान राख्न सकिने बताए । उनले गाउँपालिकाका व्यवसायीक वातावारण बनाउन गाप लागिपरेको दावी गरे ।