तरुण दलको बन्दले जनजीवन प्रभावित


नेपालगञ्ज, कात्तिक २९ गते । नेपाल तरुण दल बाँकेले आव्हान गरेको एक दिने बन्दका कारण बाँकेको जनजिवन शुक्रबार विहानैदेखि प्रभावित भएको छ । बन्द सफल बनाउन तरुण दलका नेता कार्यकर्ता सडकमा निस्किएका छन् । बन्दका कारण यातायात, बजार शैक्षिक संस्था लगायत बन्द रहेका छन् । नेपाल तरुण दल बाँकेका अध्यक्ष वीरेन्द्र शाह लगायत तरुण दलका नेता कार्यकर्ता बन्द सफल बनाउन भन्दै नेपालगञ्जका सडकमा निस्किएका छन् ।

तरुण दलका नेपालगञ्ज नगर सभापति सन्दिपजंग शाहलाई प्रहरीले हतियार सहित पक्राउ गरेपछि प्रहरीले शाहलाई फसाएको दावी गर्दै तरुण दल बाँके प्रहरी प्रशासनविरुद्ध आन्दोलनमा उत्रिएको हो । यसअघि बिहिवार साझ मसाल जुलुस निकालिएको थियो ।

प्रकाशित मितिः     २९ कार्तिक २०७६, शुक्रबार ०८:३९  |