‘म्याराथनले नेपालगञ्ज चिनाउँछ’–टीएस ठकुरी


 

नेपालगञ्ज २९ कात्र्तिक – नेपालगञ्ज म्याराथनको पाँचौं संस्करण नजिकिदै छ । यसपाली मंसिर ७ गते शनिबार नेपालगञ्ज म्याराथन आयोजना गर्ने तयारी तीव्ररुपमा भइरहेको छ  । सरकार र सशस्त्र द्वन्द्वरत तत्कालिन माओवादीका बीचमा मंसीर ५ गते भएको बिस्तृत शान्ति सम्झौताको स्मरण गर्दै हरेक वर्ष नेपालगञ्ज म्याराथन आयोजना हुँदै आएको छ ।  ‘पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र नेपालगञ्ज जातीय, धार्मिक तथा साम्प्रदायिक विविधता भएर पनि एकताको सूत्रमा बाँधिएको सद्भावको शहर हो । सामाजिक एकताको प्रतिक खेलकुदमार्फत शहरलाई चिनाउने हाम्रो उद्देश्य रहेको छ । यसै अनुसार हामीले विगत चार वर्षदेखि निरन्तर नेपालगञ्ज म्याराथन गर्दै आएका छौ ।’– क्रियटिभ ह्याण्डसका अध्यक्ष टिएस ठकुरीले भने ।

नेपालगञ्ज म्याराथनले कोहलपुर र नेपालगञ्जलाई जोड्ने एउटा शसक्त माध्यम बनेको छ । नेपालगञ्जलाई महानगर बनाउने अवधारणाको चर्चा हुँदा सरकारले नेपालगञ्ज र कोहलपुर शहर जोड्ने नीति अघि सारेको छ । यो पहिल्यैदेखिको सपना हो । सद्भावको शहर नेपालगञ्जलाई अरु शहरसँग जोड्ने मात्रै होइन, विश्वमा चिनाउने अभियानका रुपमा हेरिएको छ ।  नेपालगञ्ज म्याराथनको पाँचौं संस्करणलाई अझ भब्य र शभ्य बनाउन हामी लागि परेका छौ ।

तिर्थ वली ।

नेपालगञ्ज म्याराथनलाई विदेशमा समेत चर्चित बनाउन यसपाली नेपालगञ्ज म्याराथनको अन्तर्राष्ट्रिय संयोजक तीर्थ वलीलाई बनाइएको छ । नेपालगञ्ज निवासी वली लामो र छोटो दुरीका धावक हुन् । उनी अहिले जर्मनीमा बस्दै आएका छन् । सन् २००४ मा १५०० मिटर र १० हजार मिटरमा जुनियर राष्ट्रिय च्याम्पियन भइसकेका वली सन् २००५/०६ मा १५०० मिटर (सिनियर दौड)मा तेस्रो भएका थिए । सन् २००२ देखि २००६ सम्म नेपालमा राष्ट्रिय प्रतियोगिता खेलेका वलीले २००६ देखि २०१५ सम्म जर्मनीमा भएका लामो र छोटो दुरीका प्रतियोगितामा भाग लिइसकेका छन् ।

को हुन ठकुरी ?

ब“ाके—राजधानी काठमाण्डौंमा बसेर चार वर्ष मूलधारको खेलकुद पत्रकारिता गर्दैगर्दा टिएस ठकुरीले आफ्नो शहर नेपालगन्जलाई फर्केर हेरे । यो शहरले ‘उल्लेखिय फड्को’ मार्न नसकेको महसुस गरे । साहित्य,कला र खेलकुद क्षेत्रमा कुनै बेला अब्बल मानिने नेपालगन्ज हराएझैं भएको थियो, त्यसबेला । समाजलाई चिनाउने साहित्य, खेलकुद क्षेत्र नै अघि बढ्न नसकेपछि नेपालगन्ज कसरी चिनियोस् ? ठकुरीले मनमनै प्रश्न गर्थे ?

‘आफ्नो शहर’का बारेमा मनभित्रै उब्जिने प्रश्न,चासो र चिन्ताहरुका बीच ठकुरीले अध्ययन र पत्रकारिताका लागि भएको राजधानी बसाई छोट्याउने र चार वर्षसम्म संगालेका राजधानी बसाईका अनुभव नेपालगन्जका लागि उपयोग गर्ने निष्कर्ष निकाले । त्यसपछि केही गर्न नेपालगन्ज आए, उनी । ‘पा“च वर्ष भएछ राजधानी छाडेर नेपालगन्जमा आएको’ मुस्कुराउ“दै यि पा“च वर्षको समिक्षा एउटै वाक्यमा यसरी गर्छन,ठकुरी—‘नेपालगन्ज जगाउने हाम्रो अभियान सुरु भयो, यही ठुलो उपलब्धी मानेका छौं ।’

लामो समय मुलधारको पत्रकारिता गर्दै आएका ठकुरी पत्रकार आफै समाचारको बिषय बन्नुहुन्न भन्छन् । तर उनी र उनको टिमले नेपालगन्जका लागि केही यस्ता अभियानहरु सुरु गरे,जसले उनलाई समाचारको बिषय बनाइरहन्छ । पछिल्लो ६ वर्षमा साहित्य र खेलकुद क्षेत्रमा ठकुरी लगायतको ‘टिम’ले परम्परा भन्दा भिन्न शैलीका आधा दर्जन ‘इभेन्ट’ आयोजना गरे, जसले नेपालगन्ज शहरलाई देश र दुनियामा समेत चिनाउन सहयोग गरेको छ । नेपालगन्ज म्यारोधुनको तयारीमा रहेका ठकुरी भन्छन्,—‘ बिभिन्न इभेन्ट मार्फत नेपालगन्ज चिनाउने हाम्रो मकसद हो । केही हदसम्म सफल पनि भएका छौं ।’

ठकुरी लगायत उनका सहकर्मीहरुले सुरु गरेका प्रमुख ‘इभेन्ट’मा प्रधानमन्त्री महिला भलिबल कप हो । जसमा देशका चर्चित महिला भलिबल खेलाडीहरु र टिम सहभागि हु“दै आएका छन् । यसपटक यो संस्करणलाई अन्र्तराष्ट्रियस्तरको बनाइदैछ । ‘क्षेत्रीयस्तरिय बनाउने लक्ष्य अनुसार यसपटक बंगलादेशको टिमलाई पनि सहभागि गराउ“दैछौं ।’ ठकुरीले भने,—‘यो कपलाई दक्षिण एशियाभर चिनाउने लक्ष्य लिएका छौं । महिला भलिवल प्रतियोगिता अन्त कमै भएको अवस्थामा हामीले र्माैका पाउन सक्छौं ।’ नेपालगन्जमा हुने परम्परागत शैलीका साहित्यीक कार्यक्रमलाई ‘नेपालगन्ज साहित्यीक उत्सव’ले फेर्ने काम ग¥यो । तारे होटलमा देशका चर्चित साहित्यकार, लेखकलाई बोलाएर साहित्य बिबेचना गर्ने काम भयो । ठकुरी भन्छन,—‘साहित्य कार्यक्रम भनेको कविता, गजल सुन्ने मात्र होइन, बिबेचना पनि हो भन्ने देखाउने काम भयो ।’

ठकुरी लगायतको टिमको संयोजनबाटै अर्को काम थालियो, नेपालगन्ज इन्टरनेशनल फिल्म फेस्टिभवल । देशकै नामी डकुमेन्ट्री निर्मार्ता, नायक, नायिकाहरुको सहभागितामा कार्यक्रम हु“दै आएको छ । मंसिर ५ मा भएको बिस्तृत शान्ती सम्झौताको सम्झनामा बिशाल म्याराथुन समेत आयोजना गरिदै आएको छ । एकै दिन हजार भन्दा बढिलाई म्याथुनमा सहभागि गराउने त्यो दिन राष्ट्रियस्तरका खेलाडीहरु सहित, चानचुने कुरा थिएन । तै पनि टिमको सहयोगले यो अभियान हु“दै आएको छ । ‘यि सबै संस्करणमा आधारित छन् । साईकिलिगं, बर्थ डे मनाउने अभियान पनि जारी छन् ।’—ठकुरीले भने । यि ‘इभेन्ट’का लागि आवश्यक पर्ने खर्चको जोहो निकै चुनौती व्यहोरोका छन्, उनले । ‘स्पोन्सर संस्कार नभएको शहर भन्छु नेपालगन्जलाई । यसो कुरा गर्दा चन्दा माग्न आएको रुपमा बुझिन्छ ।’ ठकुरी भन्छन,—‘यस्ता इभेन्टहरुले नेपालगन्जलाई फाईदा गर्छ र त्यो फाईदा व्यक्तिसम्म पुग्छ भनेर चिनाउन निकै मुस्किल भइरहेको छ ।’ लामो समयपछिका परामर्शहरु पछि इभेन्ट आयोजना गर्नका लागि सहयोगी हातहरु भ्ेटिएका छन् । उनी भन्छन्,—‘ नेपालगन्ज बद्लिदैछ । सबैमा बद्लावको भाव पाएको छु । त्यसकारण आगामी दिनमा यस्ता कार्यक्रमहरु सञ्चालन गर्न सहज होला भन्ने ठानेको छु ।’

यि सबै इभेन्टहरु बर्षभरी चलिरहन्छ, त्यसका लागि ठकुरी संधै व्यस्त रहन्छन् । केही न केही नया“ ‘क्रियशन’ गर्न खोज्छन् । साथीहरुको लिन्छन् । ‘यि काम टिम वर्कको उपज हो । साथीहरुले मलाई जिम्मेवारी दिन्छन् तर यसको अर्थ सबै मैले गरेको भन्ने होइन ।’— कामको जस आफु मात्र लिन चाहादैनन् ठकुरी । नेपालगन्जका युवायुवतीहरुमा साहित्य र खेलकुद क्षेत्रम आर्कषण छ । तर फरक शैलीतर्फ । पुरानै ढर्राका कार्यक्रमहरुले उनीहरुलाई आर्कषित गर्न सक्दैन र सकेको छैन । ‘उनीहरुलाई आर्कषित गर्ने गतिबिधि गर्न खोजेका हौं हामीले’ ठकुरी भन्छन्,—‘हरेक कार्यक्रमहरु नया“ शैलीमा गर्न खोज्छौं ।’ साहित्य र खेदकुदले बिबिधतायुक्त शहर नेपालगन्जलाई चिनाउन र जोड्न सक्नुपर्ने उनको तर्क छ । ‘हरेक जात, धर्म, सम्प्रदायको बसोबास रहेको शहर नेपालगन्ज कला, साहित्यक्षेत्रमा अगाडी नै छ । तर त्यसलाई फरक शैलीबाट जिवन्त बनाउने काम गर्नुपर्छ ।’—ठकुरी भन्छन् ।

उमेरले ४० वर्ष पुगिसकेका ठकुरी साथीहरुको सहयोगबाट नेपालगन्ज चिनाउने अभियानमा छन् । नेपालगन्जलाई देश र बिदेशसंग जोड्ने अभियानमा छन् । ‘साहित्य र खेलकुद समाज चिनाउने गहना हुन् । यसलाई चम्काउने प्रयास मात्र हो हाम्रो ।’ ठकुरी भन्छन्,—‘ हाम्रो प्रयासमा सबैको साथ, सहयोग चाहिन्छ ।’

प्रकाशित मितिः     २९ कार्तिक २०७६, शुक्रबार १३:४४  |