सांग्रिला बैंकका कर्मचारी र ग्राहकले सिद्धार्थ समूहका होटल/रेष्टुरेष्टमा १०% छुट पाउने


नेपालगञ्ज १ मंसिर – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालिबिच खाना तथा आवास छुटका विषयमा सम्झौता भएको छ ।  उक्त सम्झौता अनुसार, बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट कार्डवाहक तथा बैंकका सम्पुर्ण ग्राहकवर्गहरुलाई सिद्घार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीको देशभर सञ्चालनमा रहेको होटल तथा रेष्टुरेन्टबाट प्राप्त हुने विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशत सम्मको छुट प्रदान गर्ने गरि सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका नायव महाप्रबन्धक अपूर्व प्रसाद जोशी र सिद्घार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  कृष्ण न्यौपानेले हस्ताक्षर गरे । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई देशभरि रहेका ८७ वटै शाखाहरुबाट विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा उक्त सम्झौता अनुसार यस बैंकका ग्राहक महानुभावहरुले सिद्घार्थका देशका विभिन्न स्थानहरुमा रहेको शाखा सञ्जालहरुबाट प्राप्त हुने खाना तथा आवाश सम्वन्धी सेवामा विभिन्न छुट प्राप्त गर्न गर्न सकिने बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बताए ।

प्रकाशित मितिः     १ मंसिर २०७६, आईतवार १०:४६  |