दुगड ग्रुप नेपालगञ्ज म्याराथनको मुख्य प्रायोजक


नेपालगञ्ज १ मंसिर – सरकार र सशस्त्र द्वन्द्वरत तत्कालिन माओवादीका बीचमा मंसीर ५ गते भएको बिस्तृत शान्ति सम्झौताको स्मरण गर्दै हरेक वर्ष आयोजना हुने नेपालगञ्ज म्याराथनको तयारी तिव्ररुपमा भइरहेको छ । नेपालगञ्ज म्याराथनको पाँचौं संस्करण नजिकिदै छ । यसपाली मंसिर ७ गते शनिबार नेपालगञ्ज म्याराथन आयोजना गर्न लागिएको हो ।

यस वर्ष उक्त अभियानलाई साथ दिन धारा शुद्ध तोरीको तेलसँग सहकार्य भएको क्रियटिभ ह्याण्डस्का अध्यक्ष टीएस ठकुरीले बताए । केएल दुगड ग्रुप अन्तर्गत सौरभ आयल मिलको उत्पादन धारा नेपालगन्ज म्याराथनसँग मुख्य प्रायोजकका रुपमा आयोजक क्रिएटिभ ह्याण्ड्सले आइतबार सम्झौता गरको । अब म्याराथनको नाम धारा नेपालगन्ज म्याराथन रहनेछ । केएल दुगडका महाप्रबन्धक प्रदीपक कुमार छाजेड र क्रिएटिभ ह्याण्ड्सका अध्यक्ष ठकुरीले दुई वर्षका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र नेपालगञ्ज जातीय, धार्मिक तथा साम्प्रदायिक विविधता भएर पनि एकताको सूत्रमा बाँधिएको सद्भावको शहर हो । सामाजिक एकताको प्रतिक खेलकुदमार्फत शहरलाई चिनाउने हाम्रो उद्देश्य रहेको छ । यसै अनुसार विगत चार वर्षदेखि निरन्तर नेपालगञ्ज म्याराथन हुँदै आएको छ ।

प्रकाशित मितिः     १ मंसिर २०७६, आईतवार १६:२२  |