नेपालगञ्ज १ मंसिर – सिक्टा सिँचाइको पूर्बको नहर खण्डमाको निर्माण कार्यका बिषयमा टुंगो लागेको छ । सिक्टाको पूर्वी खण्ड बिस्तारका लागि निर्माण कार्य अगाडि बढाउनु पर्ने र नरैनापुर क्षेत्रमा कुन बाटो नहर बिस्तार गर्ने भन्ने बिषयमा अन्यौलता रहेको थियो । आज बाँके क्षेत्र नँ १ का सँघिय साँसद महेश्वर गहतराज अथक र प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाको रोहबरमा नरैनापुर गापा अध्यक्ष इस्तियाक अहमद शाहको अध्यक्षतामा बसेको बैठकले नरैनापुर क्षेत्रमा सिक्टाको नहर निर्माण कार्यको तिब्रता दिने र कुनै समस्या उत्पन्न भएमा समाधान गर्न नरैनापुर गापा अध्यक्ष सहित प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यले सहजिकरण गर्ने निर्णय गरेको छ ।
बैठक बाट सिक्टा सिचाइ नहरको निर्माण कार्य सँगसगै पानी पनि छोड्दै जाने सहमति भएको सिक्टा सिचाइ आयोजना प्रमुख कृष्ण नेपालले जानकारी दिए । नहर बिस्तार कार्यमा जनताको जमिन क्षति भएमा चलन चल्तीकै दरमा आयोजनाले मुअब्जा दीने सहमति भएकोछ । राप्तिपारी पुर्बि नहर निर्माण कार्य सम्पन्न भएमा राप्तिपारी नरैनापुर सम्म ९ हजार हेक्टर जमिनमा सिँचाइ सुबिधा पुग्ने आयोजनाले जनाएको छ । कुन बाटो नहर बिस्तार गर्ने बिषुयमा केहिदिन भीत्रै इन्जिनियरको टोली गइ सर्बे गर्ने बताइएको छ ।