नेपालगञ्ज १ मंसिर – आज आइतबारबाट मारुती सुजुकी एस–प्रेसोको नेपालमा बिक्री सुरु हुने भएको छ । भारतीय बजारमा सार्वजनिक भएको दुई महिनापछि आज नेपालमा बिक्री सुरु भएको हो । सुजुकीको ‘एस–प्रेसो’ कार आईतवार नेपालगञ्जमा ‘लन्च’ गरिएको छ । युनाइटेड अटोमोटिभ प्रालिले नेपालगञ्जमा उक्त कार भित्रा्एको हो । लन्च भएकै दिन शंकर स्टोरका अनुप कुमार टण्डनले कार खरिद गरेका छन् ।
सुजुकी नेपालगञ्जले नयाँ कार सहितको तस्वीर सामाजिक सन्जाल फेसबुकमा शेयर गर्दा उत्कृष्ट हुनेलाई आर्कषक प्योकज सहितको पुरस्कार प्रदान गर्ने छ । त्यसका लागि इच्छुकले टेस्ट ड्राईभ वा एस–प्रेसो कारसंगै खिचेको तस्वीर राखेर सुजुकी नेपालगञ्जको पेजमा ट्याग गर्नुपर्नेछ । यसरी राखिएको तस्वीर मध्ये सबैभन्दा धेरै लाईक र शेयर गर्नेले दुई दिन तीन रात चितवनमा घुम्न पाउने छ ।
सुजुकी एस–प्रेसोको बिशेषता
मारुती सुजुकीको आधिकारीक बिक्रेता सिजी मोटो कर्पले काठमाडौं धोबीघाटमा एक कार्यक्रमगरि एस–प्रेसोको आधिकारीक बिक्री सुरु गर्न लागेको हो । कार्यक्रमा मिडिया टेस्ट ड्राइभसमेत राखिएको कम्पनीले जानकारी दिएको छ । विभिन्न ४ भेरियन्टमा नेपालमा सार्वजनिक हुन लागेको एस–प्रेसोको एलएक्सआई (स्टायडर्ड) मोडलको सुरुवाति मूल्य २२ लाख ९९ हजार रुपैयाँ रहेको छ भने पावर बिन्डो सहितको एलएक्सआई मोडलको मूल्य २३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
त्यसैगरी कम्पनीले ल्याएको भिएक्सआई मोडलको मूल्य २४ लाख ९९ हजार र भिएक्सआई प्लसको मूल्य २५ लाख ४९ हजार रुपैयाँ तोकिएको छ । कम्पनीले अल्टो ८०० भन्दा माथिल्लो सेग्मेन्टमा उतारेको यो कार कम मूल्यको कारण निकै चर्चामा रहेको गाडी हो । सिजी मोटो कर्पले नाडा अटो शोबाट अग्रिम बुकिङ लिन सुरु गरेको यो कार भारतमा अक्टोबर महिनामा १० हजार यूनिटभन्दा धेरै बिक्री भएको थियो ।
सुजुकीको हार्टटेक प्ल्याटफर्ममा निर्माण गरिएको एस–प्रेसोमा १.० लिटर ३ सिलिन्डर के सिरिज पेट्रोल इन्जिन दिइएको छ । जसले ६७ बीएच पावर र ९१ एनएम टर्क उत्पादन गर्छ । यसको इन्जिनमा पाँच स्पीड गियरबक्स लगाइएको छ । २७ लिटर इन्धन क्षमताको फ्युल ट्यांकी लगाइएको एस–प्रेसोले प्रतिलिटर २३.९५ किलोमिटर माइलेज दिने एआरएआईले सर्टिफाईड गरेको छ । यसमा १८० एमएमको ग्राउन्ड क्लियरेन्स र १४ इन्चको अलोय ह्वील दिइएको छ ।
एस प्रेसोमा एयर कन्डिशनरको सुविधासँगै पावर स्टेयरिङ्ग , फ्रन्ट पावर विन्डो, किलेस इन्ट्री, सेन्ट्रल लकिंग सिस्टम, बडि कलर बम्पर जस्ता विशेषता दिइएको छ । यसमा १७.७८ सेन्टिमिटरको स्मार्ट प्ले स्टुडियो टचस्क्रृन इन्फोटेन्टमेन्ट सिस्टम, स्टेयरिङ्ग माउन्टेड कन्ट्रोल्स, बडी कलर ओरभीएमएस लगायतका विविध विशेषता दिइएको छ । कारमा एबीएस, इबीडी, ड्राइभर साइड एयर ब्याग, रिभर्स पार्किङ सेन्सर, स्पीड अलर्ट सिस्टम ड्राइभर र को–ड्राइभर सिटबेल्ट रिमाइन्डरको विशेषता प्रदान गरिएको छ ।