तराईको शुन्दर ‘एयरपोर्ट’ !


नेपालगञ्ज २ मंसिर – घरेलु उडानमा सबैभन्दा पुरानो र ब्यस्त एयरपोर्ट हो, नेपालगञ्ज । हवाई उडानमा त पश्चिमको ‘लाईभलाईन’ नै हो । राजधानी काठमाण्डौंसंग पश्चिम नेपालको कर्णाली, सुदूरपश्चिम र प्रदेश ५ को बाँके, बर्दिया, दाङ्गसम्मलाई यही एयरपोर्टले जोड्ने गर्छ । यो व्यस्त मात्र छैन् शुन्दर पनि छ ।

बाँके जिल्लाका तत्कालिन स्थानीय विकास अधिकारी रहेका विकास मामलाका जानकार बिश्वराज डोटेलले त्यसै नेपालगञ्ज बिमानस्थलको प्रशंसा गरेका होइनन् । उनले फेसबुकपेजमा नेपालगञ्ज बिमानस्थलको शुन्दर तस्वीर पोष्ट गर्दै यस्तो लेखेका छन्,–‘नेपालको घरेलु एयरपोर्ट मध्ये पोखरा पछिको सफा र सुन्दर एयरपोर्ट नेपालगन्ज हो भन्ने कुरा म ठोकुवा गर्छु । सबै भन्दा भद्रगोल र स्याहार संभारमा पटक्कै ध्यान नदिईएको भिआईपी बिराटनगर नै हो यो प्रत्यक्ष अनुभुत गरेको छु । यस बिचारसंग असहमती राख्नु हुनेहरुले सप्रमाण दावा पेश गर्नु होला ।’

डोटेलको भनाईप्रति धेरैले सहमति जनाएका छन् । यथार्थ पनि के हो भने अहिले नेपालगञ्ज बिमानस्थल चिटिक्क प्रयोग छ । फुलैफुलले सिंगारिएको छ । तपाई बिमानस्थल जानुभयो भने थरीथरीका फुल फुलेको देख्न सक्नुहुन्छ । सफा,सुग्घर राख्न निकै मेहेनत गरेको पाईन्छ । तत्कालिन बिमानस्थल प्रमुख प्रतापबाबु तिवारीका पालामा नेपालगञ्ज बिमानस्थलको मुहार फेरिएको हो । अहिले पनि बिमानस्थलमा सुधारका कामहरु भइरहेको प्रेमनाथ ठाकुर बताउँछन् ।

नेपालगञ्ज बिमानस्थलको स्तोरन्नतीको काम पनि भइरहेको छ । भारतको राजधानी दिल्ली र स्वदेशमै पोखरा उडान हुनुपर्ने माग उठ्दै आएको छ । अहिले पार्किङ वे थप गर्ने, टर्मिनल भवन सुधारका काम अहिले भइरहेका छन् । त्यस्तै विमानस्थलको धावनमार्ग १५ सय मिटरबाट बढाएर १७ सय मिटर बनाउनका लागि खोला डाइभर्ट गर्नुपर्ने पनि हुने छ । अन्तर्रा्ष्ट्रियस्तरको विमानस्थल बनाउका लागि आवस्यक पूर्वाधार बनाउनका लागि अन्तिमसम्म १७ अर्बजति खर्च हुने प्राधिकरणको अनुमान रहेको छ । यसबाट धावनमार्ग २४४५ मिटर लामो हुने छ। जसमा एरबस ३२० सिरिजका जहाजहरुबाट उडान हुने छ। धावनमार्गसँगै, पार्किङ वे, एप्रोन, टर्मिनल, टावर, कम्युनिकेशन तथा नेभिगेशन जडान जस्ता काम गर्दा यसको लागत बढ्दै जाने छ।

 

प्रकाशित मितिः     २ मंसिर २०७६, सोमबार ०७:३१  |