नेवानिले उडान संख्या घटाउँदा दुर्गमका जनता मर्कामा ,उडान थप्न सुझाव


नेपालगञ्ज २ मंसिर -नेपाल वायुसेवा निगमको सुधारका दुर्गम र विकट ठाउँमा उडान थप्न सुझाव दिएको छ । निगमको सुधार गर्नका लागि सुझाव दिन गठित कार्यदलले संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई बुझाएको प्रतिवेदनमा निगमले दुर्गममा उडान संख्या घटाउँदा बाध्यताले जहाज चढ्नुपर्ने गरिब जनालाई थप मर्का परेको उल्लेख गरेको छ ।

कार्यदलको सुझाव अनुसार, दुर्गम र विकट क्षेत्रमा उडान थपे कर्णाली प्रदेशमा आवातजावत गर्ने सर्वसाधारणलाई सबैभन्दा बढि फाईदा पुग्ने छ । सडक यातायातको भरपर्दो सुविधा नहुँदा कर्णालीका धेरे जिल्लाहरु जहाजमै चढ्न बाध्य छन् । नेपाल वायुसेवा निगम सुधार कार्यदलले आन्तरिक गन्तव्य विश्लेषण गरी उपयुक्त जहाजको व्यवस्था गर्नुपर्ने देखिएको सुझाव दिएको छ ।

निजी विमान कम्पनीले दुर्गम क्षेत्रमा जहाज नउडाउने भएकाले वायु सेवा निगमको माग बढेको तर अभावका कारण मागपुर्ती हुन नसकेको कार्यदलको निष्कर्ष छ । कार्यदलले निगमको आन्तरिक उडान तर्फ २७ प्रतिशत उडान रद्द हुने गरेका कारण बिश्वास गुमेको समेत बताएको छ । यसले गर्दा यात्रु र ट्राभल एजेन्सीको बिश्वास गुमेकाले त्यसतर्फ सुधार गर्न भनिएको छ ।

प्रकाशित मितिः     २ मंसिर २०७६, सोमबार १९:४१  |