‘समयमै काम सकेर घर–घरमा शुद्ध पानी पु¥याउँछौ’–मैना बिक


सुर्खेत ३ मंसिर – गुर्भाकोट नगरपालिकाका चारवटा वडाका ३१ सय बढि घरमा दुई वर्षभित्र शुद्ध पानी पुर्याउने गरी ‘शहरी खानेपानी तथा सरसफाई आयोजना’ शुरु भएको छ । आयोजना सम्पन्न हुँदा पानी लिन लामो समय खर्चेर टाडा जानुपर्ने वडा नं. ६,७, ८ र ९ नम्बर वडाका स्थानीयको दुःख अन्त्य हुने छ ।

‘नगरपालिकाका हरेक ठाउँमा शुद्ध पानीको व्यवस्था गर्ने योजना अनुसार अगाडी बढेका छौं ।’ उक्त आयोजनाको प्रमुख समेत रहेकी नगर उपप्रमुख मैना बिक भन्छिन्–‘ सोही योजना अनुसार, यो काम भइरहेको छ ।’ बिकका अनुसार, आयोजनाको समयावधि दुई वर्षको भए पनि ठेकेदारले १८ महिनामै काम सक्ने बचन दिएका छन् ।


‘काममा दायाँ–बायाँ हुनुहुँदैन भन्नेमा सचेत छौं । तोकिएकै समयमा काम सक्नुपर्छ भनेर हामीले निरन्तर अगुगमन गरिरहेका छौं ।’–उनले भनिन् । यो योजनानका लागि रु ७२ करोड बिनियोजना भए पनि ठेक्का भने रु ६२ करोडमा भएको उपप्रमुख बिकले बताईन । उनले भनिन्,–‘समयमै काम सकिने र घर–घरमा पानी पुग्नेमा हामी ढुक्क छौं ।’

प्रकाशित मितिः     ३ मंसिर २०७६, मंगलवार १३:४१  |