अस्पतालको ‘आर्थिक संकट’का कारण कर्मचारीलाई ‘एक महिना ढिलो’ तलव !


नेपालगञ्ज ३ मंसिर – ‘आर्थिक संकट’को कारण देखाउँदै मेडिकल कलेज नेपालगञ्जमा कार्यरत कर्मचारीलाई व्यवस्थापन पक्षले एक महिना बिराएर तलव दिने भएको छ । समयमै तलव नपाएको लगायतका कारण आन्दोलनमा उत्रिएका कर्मचारीसंग व्यवस्थापन पक्षले आज मंगलवार उक्त प्रतिबद्धता जनाएको छ ।

प्रतिबद्धतासंगै बुधवारबाट आन्दोलन स्थगित गर्ने निर्णय भएको मुस्लिम खाँले बताए । उनले व्यवस्थापन पक्षको प्रतिवद्धतालाई एककदम अगाडी बढ्ने माध्यम भएको जनाएका छन् । व्यवस्थापन पक्षले आर्थिक संकटका कारण एक महिना ढिलो हुने गरी प्रत्येक महिनाको ५ गते भित्र तलव, भत्ता खुवाउने सहमति गरेको छ ।

त्यस्तै ‘टे«नी’ स्टाफ नर्सलाई माघ महिनादेखि नेपाल सरकारको नियम अनुसार सेवा सुविधा दिने उल्लेख गरिएको छ । नेपालगन्ज मेडिकल कलेज कर्मचारी संगठन, नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट), नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी सगठनमा आन्दोलनमा थियो ।

प्रकाशित मितिः     ३ मंसिर २०७६, मंगलवार १७:१२  |