नेपालगञ्ज ३ कात्र्तिक – सुदूरपश्चिम प्रदेशको बझाङ केन्द्र बिन्दु बनाए आज साँझ भुकम्प गएको छ । साँझ ७ बजेर १५ मिनेटमा भुकम्प गएको हो । बझाङको पौवागडी केन्द्र भएर ५ दशमल ७ रेक्टर स्केलको भुकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक चन्दा शाहले जानकारी बताईन ।
कर्णालीका सुर्खेत, दैलेख, प्रदेश पाँचको बाँके, बर्दिया, सुदूरपश्चिम प्रदेशको अछाम, कैलाली लगायतका जिल्लाहरुमा भुकम्पको धक्का महसुस भएको थियो । अहिलेसम्म भुकम्पबाट भौतिक तथा मानबिय कुनैपनि क्षति भएको जानकारी आएको छैन् ।