नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिका भित्रका मुख्य सडक अब प्रत्येक दिन सरसफाई हुने भएको छ । यहाँका सडकलाई धुलोरहित बनाउने उदेश्यले एउटा निजी कम्पनीलाई ठेक्का दिएर उक्त काम शुरु गरिएको नेपालगञ्जका मेयर डा. धवल शम्सेर राणा बताउँछन् ।
अब भने जमुनाहदेखि राँझा, न्यूरोड, फुलटेक्रा, खजुरारोड, बिपचोक र पुष्पलालचोक जस्ता भित्र जाने सडक समेतमा दैनिक जसो धुलो हटाउने काम हुने मेयर राणाले जानकारी दिए । ‘यो काममा केही उल्झन आएका थिए । ती उल्झन अन्त्य भएपछि काम शुरु भएको छ । अब नेपालगञ्जका मुख्य सडक धुलोरहित हुनेछ ।’– मेयर राणाले भने ।