मन्त्रिपरिषद पुर्नगठन : घनश्याम भुषाल, हृदयेश त्रिपाठीदेखि नवराज रावतसम्म


नेपालगञ्ज : मन्त्रिपरिषद पुनर्गठनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ मन्त्रीहरुको नाम राष्ट्रपति कार्यालयमा पठाएका छन् । राष्ट्रपति कार्यालय पठाइएका नाममा कही नयाँ मन्त्री छन् भने उपेन्द्र यादवको जिम्मेवारी हेरफेर भएको छ ।

यादवको स्वास्थ्य मन्त्रालय भानुभक्त ढकाललाई दिइएको छ भने कानून मन्त्रीमा यादवले जिम्मेवारी लिने भएका छन् । नयाँ मन्त्रीमा घनश्याम भूसाल, बसन्त नेम्वाङ, हृदयेश त्रिपाठी, मोती दुगड, लेखराज भट्ट, रामेश्वर राय यादव, बिमला पौडेल राई, पार्वत गुरुङले शपथ लिदैछन् । भूसाल कृषि, नेम्वाङ भौतिक पूर्वाधार तथा यातायात, दुगड उद्योग, गुरुङ महिला तथा बालबालिका, त्रिपाठी सामान्य प्रशासन मन्त्रीको शपथ लिदैछन् । स्वास्थ्य राज्यमन्त्रीमा सुर्खेतका नवराज रावत लगायतले सपथ खादै छन् । हेर्नुहोस् नयाँ मन्त्रीमण्डलको सूची ।

प्रकाशित मितिः     ४ मंसिर २०७६, बुधबार २२:०६  |