तीन वटा वाणिज्य बैंकमा छानीछानी रोजगारी, अनुभव नहुनेलाई पनि अवसर


नेपाल बंगलादेश बैंक, सनराइज बैंक र सिभिल बैंकले विभिन्न पदमा कर्मचारी मागेका छन् । अनुभव भएकाहरुलाई व्यवस्थापकीय तहदेखि अनुभव नभएका एवम् बैंकमा करिअर बनाउन चाहनेहरुलाई प्रशिक्षार्थी पदसम्मका लागि ठूलो संख्यामा कर्मचारीको माग भइरहेको छ ।

नेपाल बंगलादेश बैंकले व्यवस्थापन प्रशिक्षार्थी मागेको छ । यति नै संख्यामा भनेर बैंकले तोकेको छैन । उमेर हद २८ वर्ष तोकिएको छ । एप्लाई गर्ने म्याद डिसेम्बर ५ सम्म छ ।

सनराइज बैंकले ब्रान्च मेनेजर, रिलेसनसिप मेनेजर वा अपरेसन इन्चार्ज र एक्स्टेन्सन काउन्टर इन्चार्ज मागेको छ । आवेदन दिने म्याद डिसेम्बर ५ सम्म छ ।

त्यस्तै, सिभिल बैंकले २८ वर्ष पुरा भई ५० वर्ष (महिलाको हकमा ५५ वर्ष) ननाघेको, स्नातकोत्तर उतीर्ण र मानव संशाधन व्यवस्थापनमा १० वर्षको कार्यानुभव भएको भएको कर्मचारी मागेको छ । आवेदन दिने म्याद डिसेम्बर ४ सम्म छ ।

प्रकाशित मितिः     ५ मंसिर २०७६, बिहीबार १४:०६  |