नेपालगञ्ज म्याराथनको तयारी पुरा


बाँके ५ मंसिर – धारा नेपालगञ्ज म्याराथनको पाँचौं संस्करणको सबै तयारी पुरा भएको छ । यसपटकको म्याराथन शनिबार आयोजना हुँदैछ । सरकार र सशस्त्र द्वन्द्वरत तत्कालिन माओवादीबीच बिस्तृत शान्ती सम्झौता भएको दिन मंसिर ५ लाई स्मरण गर्दै हरेक वर्ष यो म्याराथन आयोजना हुन्दै आएको छ ।

नेपालगञ्ज म्याराथनले उदाउँदो सहर कोहलपुर र पुरानो सहर नेपालगञ्जलाई जोड्ने एउटा सशक्त माध्यम बनेको क्रियटिभ ह्याण्डस्का अध्यक्ष टीएस ठकुरीले बताए । नेपालगञ्जलाई महानगर बनाउने अवधारणाको चर्चा हुँदा सरकारले नेपालगञ्ज र कोहलपुर शहर जोड्ने नीति अघि सारेको छ ।

पुरुष खुल्लातर्फ म्याराथन, महिलाको हाफ म्याराथन, १० किलोमिटर खुल्ला पुरुष, ५ किलोमिटर खुल्ला महिला, ५ किलोमिटर स्कुल स्तरीय छात्र तथा ३ किलोमिटर छात्रा दौड समावेश गरिएको छ । त्यसैगरी ८ देखि १२ बर्ष उमेरसमुहको पनि दौड राखिएको छ भने शारीरिक रुपले अशक्तहरुको लागि पनि दौड स्पर्धा समेटिएको छ ।

प्रकाशित मितिः     5:20:42 PM  |