भुरीगाउँ–तेलपानी सुरुङमार्गको संम्भाव्यता अध्ययनको जिम्मा चिनिया कम्पनीलाई दिने


सुर्खेत – पाँच दशकअघि चिठीपत्र पु¥याउन खनिएको भुरीगाउँ–तेलपानी सडकलाई सुरुङ्ग मार्गका रुपमा विकास गर्न कर्णाली प्रदेश सरकारले सम्भाव्यता अध्ययन गर्ने भएको छ । त्यसका लागि चिनको चिंगदावो म्यूनिसिपल निर्माण कम्पनीलाई नेपाल सरकार मार्फत आग्रह गर्ने निर्णय भएको छ ।

प्रदेश सरकारको कात्र्तिक १९ र २९ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु आज बिहिवार सार्वजनिक गरिएको हो । सार्वजनिक निर्णय अनुसार, सुरुङ्ग मार्गका लागि चिनिया कम्पनीलाई अनुरोध गर्ने निर्णय भएको उल्लेख छ । कर्णाली प्रदेशले उक्त मार्गलाई लाइफलाइनका रूपमा विस्तार गर्ने योजना बनाएको छ । भुरीगाउँबाट कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर पुग्न निकै छोटो दूरीको ५१ किलोमिटर सडक निर्माणका लागि सर्वोच्च अदालतले निकास दिएपछि सडक बन्ने बाटो खुलेको हो । सरकारले यो सडक निर्माणका लागि बजेटसमेट छुट्याएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने भएका कारण सडक विस्तारका लागि विवाद हुँदै आएको थियो । सडक विस्तारसँगै त्यहाँबाट एक घण्टामै वीरेन्द्रनगर पुग्न सकिनेछ । ठाकुरबाबा नगरपालिका–२, भुरीगाउँ अम्रेनीदेखि कर्णाली प्रदेशको बरहाताल गाउँपालिका तेलपानी हुँदै कर्णालीसम्म चिठीपत्र र्पुयाउन ०२५ सालमा जिल्ला पञ्चायतले हुलाकी सडकको ट्र्याक खोलेको थियो ।

२०७६ साल कार्तिक १९ गते सम्पन्न कर्णाली प्रदेश सरकारको १४ औं मन्त्रिपरिषद बैठकका निर्णयहरु :
१- वीरेन्द्रनगर उपत्यककामा चक्रपथ निर्माण र वीरेन्द्रनगर-तेलपानी-भूरीगाउँ सडक खण्डमा पर्ने सुरुङ्ग मार्गको संभाव्यता अध्ययनका लागि चीनको चिंदावो म्यूनिसिपाल कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेड (Qingdao Municipal Construction Group Co. Ltd.) संग नेपाल सरकार मार्फत अनुरोध गर्ने।
२- बैंक खाता छोरीको, सुरक्षा जीवन भरीको कार्यक्रम संचालन कार्यविधि ,श्रमदिन अभियान सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि, कर्णाली प्रदेश पूर्वाधार विशेष कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, कर्णाली प्रदेश समपूरक अनुदान सम्बन्धी कार्यविधि, २०७५ तेस्रो संशोधन , कर्णाली प्रदेश बिशेष अनुदान सम्बन्धी कार्यविधि, २०७५ दोस्रो संशोधन, मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका र कर्णाली प्रदेश विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन नियमावली, स्वीकृत गरियो ।
३- प्रदेश सरकारका तर्फबाट प्रदेश स्थापना तथा सहिद दिवस भाद्र ४ गते,माघे संक्रान्ति माघ १ गते, देउडा पर्ब तथा साउने संक्रान्ति श्रावण १ गते, भोट–ल्होसार र वकर इदको अवसरमा बिदा दिने निर्णय गरियो ।
४- उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत नँया संरचना अनुसार जनशक्ति व्यवस्थापन गर्ने।
५- प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटमा सम्बोधन गरिएको भेरी बबई डाईभर्सन बहुद्देश्यीय आयोजनाको बाधको दायाँ किनाराबाट थप जल विद्युत उत्‍पादन गर्ने कार्यको संभाब्यता अध्ययन, लागत अनुमान र विस्तृत परियोजना प्रतिवेदन आयोजनाबाट नै तयार गरी कर्णाली प्रदेश सरकारलाई उपलब्ध गराउन नेपाल सरकार समक्ष अनुरोध गर्ने।
६-भेरी वबई डाईभर्सन बहुद्देश्यीय आयोजनाको संचालक समितिमा प्रदेश सरकारको प्रतिनिधिको रुपमा भौतिक पूर्वाधार विकास मन्त्रालय कर्णाली प्रदेशका सचिव लाइ तोकियो ।

२०७६ साल कार्तिक २९ गते सम्पन्न कर्णाली प्रदेश सरकारको १५ औँ मन्त्रिपरिषद बैठकका निर्णयहरु :

– प्रदेश अस्पताललार्इ शिक्षण अस्पतालको रुपमा आवश्यक पूर्वाधार निर्माण गरी संचालन गर्न सुर्खेत मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनालार्इ सहमति दिने ।
– ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, क्रसिङ्ग र बिक्रि, वितरण तथा क्रसर उद्योग स्थापना र सञ्चालनलाई व्यवस्थित गर्ने कार्यविधि, २०७५ को प्रथम संशोधन स्वीकृत गरियो ।
– कर्णाली उज्यालो कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७६ स्वीकृत गरियो ।

प्रकाशित मितिः     ५ मंसिर २०७६, बिहीबार १९:१०  |