चितवन,मंसिर ६- उधोगमन्त्री लेखराज भट्टले उद्योग व्यवसायसंग जोडिएका काम एकद्धार प्रणाली लागु गरि एउटै मन्त्रालयबाट सेवा दिइने बताएका छन् । आज (शुक्रबार)भरतपुरमा चौथो राष्ट्रिय यान्त्रिकरण प्रर्दशनीको उद्घाटन गर्दै मन्त्री भट्टले उधोग मन्त्रालयले उधोग दर्ता गर्ने काम गरेपनि दर्तापछि विभिन्न प्रकृयाका लागि अन्य मन्त्रालय धाउनुपर्ने बाध्यता रहेको बताए ।
उनले नागरिकलाई दुख दिने खालको बाध्यात्मक अवस्थाको अन्त्य गर्न तत्काल कदम चालिने जिकिर गरे । सेवाग्राहीका समस्या समाधान गर्नका लागि अन्य मन्त्रालय र संस्थासंग सहकार्य गर्दै सबैको माथिल्लो तहसम्म पुग्नका लागि सहज वातावरण बनाइने उनले बताए ।
मन्त्री भट्टले उधोग स्थापना गर्दा सामजिक जटिलताहरु उत्पन्न हुने भएकाले त्यसको समाधान गर्ने आश्वासन दिए । उनले चितवनको शतिmखोरमा निर्माण हुन लागेको औधोगिक क्षेत्र लगाएत अन्य प्रस्तावित क्षेत्रको काम अगाडि बढाइ छिटो भन्दा छिटो सन्चालनमा ल्याउने प्रतिबद्धता जनाए । कृषिलाई आधुनिकीकरण ,उत्पादनशील र व्यवसायीकरण बनाउनुपर्नेमा मन्त्री भटट्को जोड थियो ।