औषधी व्यवसायी संघ सुर्खेतको अध्यक्षमा रणबहादुर खड्का (नामावली सहित)


सुर्खेत ६ मंसिर – नेपाल औषधी व्यवसायी संघ, सुर्खेतको अध्यक्षमा रणबहादुर खड्का निर्विरोध निर्वाचित भएका छन् । आज सम्पन्न भएको प्रथम जिल्ला अध्यक्षले खड्कालाई अध्यक्षमा चयन गरेको हो ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा सेतुराम पाण्डे, महासचिवमा देवराज भारती, कोषाध्यक्षमा बालकुमारी रखाल र सचिवमा पूर्ण बहादुर राणामगर रहेका छन् ।  त्यस्तै सहकोषाध्यक्षमा मंगलकुमार शर्मा, सदस्यमा सनिसरा महतरा, दिर्घा बिष्ट र हरी खड्का रहेका छन् ।

प्रकाशित मितिः     ६ मंसिर २०७६, शुक्रबार १७:५८  |