हेवि ईक्विपमेन्ट ब्यवसायीलाई राज्यले हेर्ने दृष्टिकोण संकुचित भएको गुनासो


नेपालगञ्ज ८ मंसिर – हेवि ईक्विपमेन्ट ब्यवसायीलाई राज्यले हेर्ने दृष्टिकोण संकुचित भएको बताउँदै ब्यवसायीहरुले राज्यले तय गरेका कतिपय ऐनहरु प्रिमार्जन गर्न माग समेत गरेका छन । हेवि ईक्विपमेन्ट ब्यवसायी संघ बाँकेको पाँचौ साधारणभसा सम्पन्न बोल्ने बक्ताहरुले उक्त कुरामा जोड दिएका हुन । जिल्लाभित्रका हेवि ईक्विपमेन्ट ब्यवसायीको उपस्थितीका बिच संघको पाँचौ वार्षिक साधारण सभा नेपालगन्जमा सम्पन्न भएको हो । साधारणसभामा बोल्ने बक्ताहरुले निर्माण ब्यवसायले भोग्नुपरेका समस्याका बारेमा आफ्ना धारणा राखेका थिए । ह

वर्तमान सरकारले तय गरेको कर प्रणालीका कारण आफुहरु थप समस्यामा परेका नेपाल निर्माण ब्यवसायी संघ बाँके जिल्लाका वरिष्ट उपाध्यक्ष लिलाराज उपाध्यायले बताए । निर्माण ब्यवसायी र हेवि ईक्विपमेन्टबिच नङ्ग र मासुको सम्बन्ध रहेको उल्लेख गर्दै उपाध्यायले राज्यले लिएको नितिका विरुद्ध आफुहरु आन्दोलनमा उत्रिएको बताए ।

कार्यक्रममा बोल्दै हेवि ईक्विपमेन्ट ब्यवसायी महासंघका केन्द्रिय सदस्यद्धवय सुर्य बिक्रम थापा र जनकराज लेखकले करोडौं लगानीमा खरिद गरीएका निर्माण सामग्रीले प्रयाप्त काम नपाउँदा लगानी अनुसारको प्रतिफल पाउन नसकेको जिकिर गरे । राज्य संचालनको भुमिकामा रहेका ब्यक्तिले नै हेवि ईक्विपमेन्ट खरीद गरी सिण्डिकेट लागु गराउने प्रयास गरीरहेको उनिहरुले आरोप लगाए ।

व्ऋद्य ःब्ध् अर्थमोभर्स प्रा.लि. का एरिया सेल्स म्यानेजर धिरज घिमिरेले नेपालभर ३० हजार बढि हेभि ईक्विपमेन्ट सामग्री निर्माण प्रयोजनमा प्रयोग भईरहेको जानकारी दिए । उनले व्ऋद्य ःब्ध् ले आफ्ना ५ उत्पादन नेपालभर विक्रिवितरण गर्दै आईरहेको जानकारी दिए ।
ब्यवसायीहरुले करका साथै चन्दा आतंक समेत खेप्नुपरेको हेवि ईक्विपमेन्ट ब्यवसायी महासंघका महासचिव उमाकान्त शर्माले बताए । समयमै भुक्तानी उपलब्ध नहुने समस्या बिकरालका वावजुत दर्ता प्रक्रियामा समेत राज्यले हेपाहा ब्यवहार गर्दै आएको शर्माले दावी गरे ।

कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश सभा सदस्य आई.पि. खरेलले कतिपय ऐनका कारण जटिलता देखिएपनि राज्यले सबै व्यवसायीहरुलाई समान दृष्टिकोणले हेर्दै आएको उल्लेख गरे । आफुले वारम्वार ऐन संसोधनकालागि सदनमा कुरा उठाउँदै आएको जिकिर गर्दै खरेलले सबैले आफ्नो ठाँउबाट सकारात्मक भुमिका निर्वाह गर्नुपर्ने बताए । हरेक कुरामा सरकारको आलोचना गर्नु उपर्युक्त हुँदैन, खरेलले भने, राज्यको विकासमा तपाईहरुले पुर्याउनुभएको योगदान अतुलनीय छ, यसलाई अझै निरन्तता दिनुहोस । हेवि ईक्विपमेन्ट ब्यवसायीहरु बिचमै अस्वस्थ प्रतिस्प्रधा रहेको बताउँदै खरेलले सबैलाई एक भएर अगाडी बढ्न समेत आग्रह गरे ।

हेवि ईक्विपमेन्ट ब्यवसायी संघ बाँकेका अध्यक्ष चक्रपाणी शर्माको सभापतीत्वमा पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

प्रकाशित मितिः     ८ मंसिर २०७६, आईतवार ११:२०  |