सन्र्दभ उद्योग दिवश : घरेलु तथा साना उद्योगको चूनौती र सम्भावना


नेपाल घरेलु तथा साना उद्योग महासंघ २०४७ सालमा स्थापना भएको लघु घरेलु तथा साना उद्योगहरुको छाता संगठन हो । हाल सम्म यस महासंघले नेपालका ७७ जिल्लामा जिल्ला शाखा कार्यालय स्थापना गरी देशमा छरीएर रहेका लघु घरेलु तथा साना उद्योगहरुलाई संगठित गर्ने र नयाँ उद्योगहरुको स्थापना तथा विकास गर्ने कार्यमा अहम भुमिका निर्वाह गर्दै आएको छ । साथै लघु घरेलु तथा साना उद्योगहरुको संस्थागत विकासमा टेवा दिई नेपाल जस्तो विकाशोन्मूख देशमा ग्रार्हस्थ्य उत्पादनमा बल प्रदान गरी स्थानिय उत्पादनमा जोड दिदै रोजगारी श्रृजना गर्न र आर्थिक विकाशमा टेवा पु्याई समृद्ध नेपाल निमार्ण गर्न पनि संस्थाले विगत दुई दशक भन्दा वढी समय देखी अहम भुमिका निर्वाह गर्दै आएको छ । राष्ट्रको अर्थतन्त्रको समुचित विकासकालागी औधोगीक लगानीको वातावरणलाई वढि सुविधाजनक, सरल र उत्साहवर्धक वनाई संचालित उद्योगहरुमा एकरुपता र एकतावद्ध वनाई उत्पादनसिलतालाई अभिवृद्धि गर्नु आजको आवस्यकता महसुस गर्दै यस सन्दर्भमा रहेर लघु घरेलु तथा साना उद्योगीक व्यवसायको वृद्धि विकास गरी सा–साना लगानी र स्थानिय श्रम, सिप र संसाधनको प्रयोग वाट संचालित उद्योगहरुको विकासले नै औद्योगिक विकास तर्फ देशलाई अगाडी वढाउँदछ भन्ने समग्र उद्योगीहरुको वुझाईरहेको हामीले महसुस गरेका छौ ।

बाँके जिल्ला मध्य तथा सुदुर पश्चिमको एक प्रतिष्ठित व्यापारिक केन्द्र हो । यसका साथै नेपालगंज उप–महानगरपालिका देश कै एक प्रमुख भन्सार एवं व्यापार नाका समेत रहेको हुदा यहाँको औद्योगीक सम्भावना अत्यन्त राम्रो रहेको छ । सम्पुर्ण पुर्वाधार र हरेक विकास निमार्णको सम्भावना बोकेको यस नेपालगंज उप–म.न.पा. क्षेत्र मा राज्य सरकार र सरोकारवाला निकायहरुको ध्यान जानु नितान्त आवस्यक रहेको छ । पुर्वाधार विकास अनुसार प्रसस्त मात्रमा राज्य सरकारको औधोगीक शुरक्षा निती र लगानीको सम्भावनाको सृजना तयार पारि यस क्षेत्रलाई सम्भाव्य औधोगीक तथा लगानिको क्षेत्रको रुपमा हेर्नु आवस्यक रहेको छ । अन्तराष्ट्रिय वजारमा आवस्यक पर्ने वस्तुहरुको उत्पादन गरी आर्थिक स्रोतमा वृद्धि गर्न नयाँ नयाँ उद्योगहरुको स्थापना पनि यो क्षेत्रमा सम्भावना रहेको हुदा यस्ता किसिमका नयाँ उद्योगहरुको स्थापनाकालागी सम्भावित क्षेत्रहरुको अध्ययन र यत्रतत्र छरीएर रहेका लघु घरेलु तथा साना उद्योग र उद्यमीहरुलाई एकिकृत गरि उनिहरुको हक हितको संरक्षण गर्दै आर्थिक समृद्धिको वाटोमा डो्याउन नेपाल घरेलु तथा साना उद्योग महासंघ र यसको जिल्ला साखा बाँके निरन्तर कृयासिल रहने छ र रहदै आई रहेको यहाँमा अवगत गराउन चाहान्छु ।

संस्थाका उद्देश्यहरु :
 लघु तथा घरेलु उद्योगहरुको प्रर्वधन र विकासका लागी राज्य सरकारले अवलम्वन गरेका निति तथा नियमहरुका साथ साथै उद्योगहरुको दर्ता प्रकृया, कर तथा नविकरण र सिफरिस वारे निरन्तर परामर्श सेवा प्रदान गर्ने ।
 उद्योगीहरुको आवस्यकता अनुसार श–शुल्क तथा नि–शुल्क रुपमा औधोगीक विकासकालागी शिप मुलक, वजार व्यवस्थापन, लेखा तथा उद्यमशीलता जस्ता तालिमहरु संचालन गर्ने ।
 उद्योगहरुमा देखीएका समस्या तथा चुनौतिहरुको समाधानका लागी सम्वन्धीत उद्योगीहरु संग छलफल गरि सरोकारवाला निकाय समक्ष समस्या तथा चुनौती समाधानकालागी आवस्यक पहल गर्ने ।
 विभिन्न क्षेत्रहरुमा छरिएर रहेका लघु तथा घरेलु उद्योगहरुलाई संगठीत गरि व्यवसायीहरुमा अगाडि वढन निरन्तर प्रोत्साहान गर्ने ।
 लघु तथा घरेलु उद्योग संचालन गरि रहेका उद्योगीहरु लाई सरकारी क्षेत्र वाट प्रदान गरिने ऋण अनुदान तथा प्रविधि अनुदान तथा अन्य सेवा सुविधाहरुको सुचना सम्वन्धीत उद्योगी समक्ष पु¥याई त्यसकालागी आवस्यक सहयोग गर्ने ।
 वेरोजगार यूवाहरुलाई स्वरोजगार वनाउनु संस्था स्वयंले तथा सम्वन्धीत सरकारी तथा गैर सरकारी संघ सस्थाहरु संग समन्वय गरि आवस्यकता अनुसारको शिप मुलक तालिमहरु संचालन गरि रोजगारीका लागी विभिन्न ठाउँहरुमा सिफारिस गर्नुका साथै व्यवसायका लागी सम्भाव्यताको अध्ययन गरि व्यवसायीकरण गर्न प्रोत्साहान गर्ने ।
 उद्योगीहरुको कार्य व्यस्ततालाई मध्यनजर गर्दै आ.व.को अन्त्यमा पुरा गर्नु पर्ने सरकारी निति नियम जस्तै कर तिर्ने तथा उद्योगका कागजात नविकरण गर्ने कार्यमा उद्योगीहरुले यस महासंघ वा महासंघका कर्मचारीलाई टेलीफोन गरेकै भरमा संस्थाले छिटो छरितो रुपमा काम सम्पन्न गराउन पहल गर्ने ।

संस्थाले हाल सम्म संचालन गरेका मुख्य मुख्य कृयाकलापहरु :
१. नियमति परामर्श सेवा : 
लघु तथा घरेलु उद्योग व्यवसाय संचालनका लागी आवस्यक पर्ने सल्लाह सुझव तथा परामर्शका लागी नेपाल घरेलु तथा साना उद्योग महासंघले बुलबुलिया स्थित आÏनो कार्यालय परामर्श सेवा केन्द्र ( हेल्प डेक्स ) मार्फत उद्योगी तथा व्यवसायीहरु लाई औद्योगीक विषय सम्वन्धी निरन्तर परामर्श सेवा प्रदान गर्दै आएको छ । उद्योग दर्ता, नविकरण, ठाउँसारी, नामसारी आदि प्रकृयाहरुमा घरेलु तथा साना उद्योग कार्यालयमा यस संस्थाको सिफरिस गर्नु पर्ने कुरालाई अनिवार्यता गराई सो प्रकृयाका लागी आवस्यक पर्ने कागजात, व्यवसाय संचालनमा देखीएका समस्या समाधानकालागी आवस्यक पहल, कर भुक्तानि प्रकृया, व्यवसाय अनुसार लाग्ने राजस्व तथा सेवा शुल्क, महासंघको काम कर्तव्य र जिम्मेवारी आदि विषय बारेमा आ.व. ०७५÷०७६ मा १४२८ जना उद्यमीहरुलाई परामर्श सेवा प्रदान गरिएको छ ।
२. उद्यमशिलता तालिम संचालन :
व्यवसाय संचालन गरिरहेका उद्योगी तथा व्यवसायीहरुलाई आÏनो उद्योग तथा व्यवसाय के कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने वारेमा साथै व्यवसाय संचालन गर्न ईच्छुक रहेका यूवाहरुलाई आफुले चाहेको उपयूक्त व्यवसाय कसरि छनौट गर्ने भन्ने वारेको ज्ञान उपलव्ध गराउन घरेलु तथा साना उद्योग कार्यालय बाँकेको सहयोग र नेपाल घरेलु तथा साना उद्योग महासंघको समन्वयमा यसै आ.व. ०७५÷७६ मा नेपालगंज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, बैजनाथ, राप्तीसोनारी, खजुरा, जानकी, डुडुवा र नरैनापुर गाउँपालिका र विभिन्न गैर सरकारी संघ संस्था र सरोकार वाला निकायहरुको साझेदारीमा गरि जम्मा ३६० जना लाई उक्त तालिम प्रदान गरिएको छ
४. प्रविधि अनुदानमा सिफरिस :
उद्योग मन्त्रालयले घरेलु तथा साना उद्योग कार्यलय मार्फत हरेक वर्ष उद्योगीहरुका लागी प्रदान गर्ने प्रविधि अनुदान अन्तर गत नेपाल घरेलु तथा साना उद्योग महासंघको समन्वय र सहकार्य द्धारा आ.व. ०७४÷०७५ मा ३० जना र यस आ.व. ०७५÷०७६ मा ३३ जना उद्यमीहरुले प्रविधि अनुदान प्राप्त गर्नु भएको छ । उक्त प्रविधि अनुदान प्रति उद्योगी रु १ लाख सम्मको हुने र १ लाख मध्य २० प्रतिसत लगानि स्वयम उद्यमी हुने र ८० प्रतिसत लगानि घरेलु तथा साना उद्योग कार्यालयको हुने यहाँहरु समक्ष जानकारी गराउन चाहान्छु ।
५. सहुलियत ऋणका लागी सिफरिस :
उद्योग मन्त्रालय महिला उद्यम विकास कोष मार्फत हरक वर्ष महिला द्धारा संचालन गरिएको उद्योग तथा व्यवसायकालागी विना धितो सहुलियत ऋण अनुदान दिने व्यवस्था रहे अनुसार नेपाल घरेलु तथा साना उद्योग महासंघ द्धारा सिफरिस भई बाँके जिल्ला वाट आ.व. ०७३÷०७४ मा २६ जना महिला उद्यमी हरुले ४६ लाख सहुलियत ऋण प्राप्त गर्नु भएको थियो । उक्त ऋण प्रति उद्यमी रु १ देखी ५ लाख सम्मको माग गर्न सकिने र उक्त ऋणको वार्षि ५ प्रतिसत व्याजदर रहने म यहाँहरु समक्ष अवगत गराउन चाहान्छु । साथै हालै मात्र नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्रीय कार्यालयले राष्ट्रिय वार्णिज्य बैक संग केन्द्र, प्रदेश जिल्ला तथा नगर स्तरिय समितिहरुको सिफारिस र जमानीका आधारमा लघु तथा घरेलु उद्योगहरुको उत्पादन बृद्धि र स्तरउन्नतीका लागी उद्योगहरुको स्तर अनुसार सहुलियत ब्याजदरमा १५ लाख सम्मको विनाधितो ऋण उपलव्ध गराउने विषयमा सम्झौता गरि सकेको साथै के कती मापदण्डका आधारमा के कती ऋण उपलव्ध गराउने विषयमा सहकार्य भई रहेको हुदा प्राप्त हुने जानकारी तथा सुचना उद्यमी समक्ष पु¥याईने यहाहरु समक्ष अवगत गराउन चमहन्छु ।
६. उद्यमी भेला तथा छलफल गोष्टी सम्पन्न
व्यवसाय संचालन गरि सफल उद्यामी वन्ने सोचका साथ विषेश गरि नयाँ उद्योग तथा व्यवसाय संचालन गरेका नव उद्यमीहरु लाई लक्षित गरि औद्योगीक व्यवसायीक विकास प्रतिष्ठानको सहयोग र नेपाल घरेलु तथा साना उद्योग महासंघको सहकार्यमा आ. व. ०७५÷०७६ मा ५० जना उद्यमीहरुको भेला सम्पन्न गरि उद्योग प्रवर्धन, समस्या तथा चुनौती र समाधानका उपायवारे छलफल गरि सम्वन्धीत सरोकारवाला निकाय समक्ष पेश गरिने सुझवहरु संकलन गरि कार्यक्रम सम्पन्न गरिएको थियो ।
७. विभिन्न शिप मुलम तालिम संचालन :
नेपाल घरेलु तथा साना उद्योग महासंघ ले स्थापना काल देखी नै नव उद्यमी सृजना र स्वरोजगारका लागी विभिन्न शिप मुलक तालिमहरु पनि संचालन गर्दै आईरहेको छ । यस संस्थाले स्वरोजगार र आम्मनिर्भरताका लागी आ.व. ०७०÷०७१ र आ.व. ०७१÷०७२ मा जि.आई.जेट. र हेल्भटासको सहयोगमा विभिन्न शिप मुलक तालिमहरु चाईनिज कुक तालिम, काठ फर्निचर तालिम, स्टिल फर्निचर तालिम, ग्रिल तथा वेल्डीङ्ग तालिम, राईस मिल संचालन तालिम, गरि जम्मा १०५ जनालाई तालिम दिई रोजगारी समेत उपलब्ध गराईएको थियो । हाल यस तालिम वाट उत्पादन भएको जनशक्ति केहि विदेशमा समेत काम गरिरहेको समेत उहाँहरुलाई अवगत गराउन चाहान्छु । साथै गत आ.व. ०७५÷०७६ मा बैजनाथ गा.पा.मा १८ जनाका लागी सिकर्मी तालिम, कोहलपुर न.पा.मा ५० जनाका लागी कर शिक्षा तथा लेखा व्यवस्थापन तालिम र बैकिङ्क पहुच वृद्धिका लागी ५० जनालाई वित्तिय साक्षरता कार्यक्रम समेत संचालन गरिएको थियो ।
संस्थाका भावि कार्यक्रम तथा योजनाहरु :
 यस नेपाल घरेलु तथा साना उद्योग महासंघले हास संचालन गर्दै आएका कार्याक्रम तथा गतिविधिहरुलालाई निरन्तरता त दिने नै छ । त्यसमा पनि उद्योग मन्त्रालय तथा उद्योग विभागले उद्यमीहरुलाई प्रादान गर्दे आएको सेवा सुविधाहरु जस्तै प्रविधि अनुदान, विना धितो सहुलियत ऋण अनुदान, विभिन्न शिप मुलक तालिम, वजार व्यवस्थापन तथा उद्यमशिलता विकास तालिम आदि कुराहरुलाई वढि भन्दा वढि उद्यामीहरु समक्ष पु¥याउने सुचनाको पहुचलाई विस्तार गरिने छ ।

 उद्यम तथा व्यवसाय संचालन गरिरहेका उद्यमीहरुको कार्य व्यस्ततालाई मध्यनजर गर्दै हरेक वर्ष पुरा गर्नु पर्ने सरकारी कागजातको काम जस्तै उद्योग नविकरण, कर भुक्तानी आदि कुरा कहिले काहि भुलभुक हुदा ढिलाईका कारण जरिमानामा पर्ने भएको हुदा उक्त कार्यलाई सहज वनाउन उद्यमीले टेलिफोन गरेकै भरमा उद्योगमै पुगी घरेलु उद्योग महासंघले उद्योगका कामकाज गरिदिने सेवा लाई अवका दिनका विशेष प्राथमिकताका साथ अगाडी वढाईने छ ।

 हाल संचालनमा रहेका उद्योग तथा व्यवसायमा देखिएका समस्या तथा चुनौतिहरुलाई थप व्यवस्थित र मर्यादित वनाई सवै संग सहकार्य गरि सम्वन्धित सरोकारवाला निकाय संग समस्या समाधानकालागी आवस्यक पहल गरिने छ ।

 आÏनो उद्योग तथा व्यवसायलाई थप व्यवस्थित र नाफा मुलक वनाउन उद्यमीहरुलाई विषेश प्रकारको कुनै तालिमको आवस्यकता गरेमा सम्वन्धित एंव सरोकारवाला निकाय संग समन्वय र सहकार्य गरि स–शुल्क तथा नि–शुल्क आवस्यकता अनुसारको तालिम संचालन गरिने छ ।

 नेपाल घरेलु तथा साना उद्योग महासंघ तपाई हाम्रै संस्था भएको हुदा यसलाई हामौ संस्था हो भन्ने नभई मेरो संस्था हो भन्ने भावना सवै उद्यमीहरुमा विकास गराई सवै उद्यमीहरुलाई एकिकृत गरि वढी भन्दा वढी उद्यमीहरुलाई यसमा आवद्ध गराउन जिल्ला भरिका उद्यमीहरु संग निरन्तर सहकार्य गरिने छ ।
सल्लाह तथा सुझाव :
आदरणीय उद्यमी तथा व्यवसायी साथिहरु यस नेपाल घरेलु तथा साना उद्योग महासंघको गरिमा उच्च राख्न यहाँहरुले गर्नु भएको निरन्तर प्रयास र सहयोग प्रति संस्था सधै ऋणी रहने छ । हाल यस संस्थामा झन्डै १,३०० उद्यमीहरु सदस्य रहेता पनि बाँके जिल्लामा ६ हजार दर्ता भई संचालनमा रहेको यहाँहरु समक्ष अवगत गराउन चाहान्छु । हाम्रो उद्देश्य संस्थाले पु¥याउने सेवा सुविधा सदस्य उद्यमीहरुलाई मात्र नभई जिल्लामा रहेका सम्पुर्ण उद्योगीहरु समेत रहने भएको हुदा कहिले काही सेवा प्रवाहका क्रममा सदस्य उद्यमी ज्यू प्रति हुन गरेको असुविधा प्रति हामी क्षमाप्राथि छौ । सेवा सुविधाको सुचनाको प्रवाहवाट उद्यमी साथिहरु वाट आफुले सोचेको र चाहेको सेवा नपाउदा हामी प्रति व्यक्त गर्ने आक्रोषलाई हामीले सहज रुपमा लिएका छौ । निश्चित मापदण्डको रुपमा आउने सरकारी सेवा सुविधामा हामिले सवै उद्यमीहरुलाई पहुच योग्य वनाउन नसक्दा उहाँहरुको तिखो वचनको सामना गर्दै निरन्तर प्रयासको लागी आग्रह गरिरहेका छौ । भनिन्छ निरन्तर अगाडी वढयो भने सफलता एक दिन अवस्य पनि हात लाग्ने छ । तसर्थ तपाई का हरेक पाईलाहरुमा महासंघको साथ समर्थन र सहयोग रहने हुदा तपाई उद्यमी ज्यू तथा नेपाल घरेलु तथा साना उद्योग महासंघको दुरी कहिले टाढा नहोस भन्ने सल्लाह तथा सुझाव व्यक्त गर्न चाहान्छु ।
निष्कर्ष :
वर्तमान अवस्थामा देश नयाँ संविधानको कार्यान्वयन संगै संघियतामा प्रवेश गरेको अवस्था छ । वर्तमान अवस्थालाई राज्य सरकारले आर्थिक क्रान्तीको समय भनि व्याख्या गरिरहेको अवस्थामा उद्योगहरुको वृद्धि र स्तर उन्नती नै आर्थिक क्रान्ती रहेको म यहाँहरु समक्ष अवगत गराउन चाहान्छु । निकट भविश्य मै जिल्ला स्थित घरेलु तथा साना उद्योग कार्यालय सम्पुर्ण पालिका हरुमा उद्योग विकाश शाँखाको रुपामा जाने भएको हुदा हरेक क्षेत्रमा उद्योगको सम्भाव्यता व्यापकरुपमा रहेकोले आगामी दिनमा उहाँहरुको सकृयता झनै व्यापक रहने छ । आज यस कार्यक्रममा प्रस्तुत भएको कार्यपत्र माथिको छलफल र गठन गरिने नेपालगंज नगर स्तरिय घरेलु उद्योग महासंघ को समिति एउटा एतिहासिक धरोहरको रुपमा रहोस ईज्यत कमाउने भए दान गर्नुहोस, सम्मान पाउने भए समाजसेवा गर्नुहोस, पैसा कमाउने भए व्यापार गर्नुहोस, तर सवै चिज (ईज्यत,सम्मान, पैसा) कमाउने भए उद्योग गर्नुहोस भन्ने आग्रह गर्न चाहान्छु । नमस्कार

  • लेखक नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेका कार्यालय प्रमुख हुन ।
प्रकाशित मितिः     7:51:37 AM  |