सोफियाले मनायो बार्षिक दिवस,शहरकै उत्कृष्ट स्कूलका रुपमा देखे – नगर प्रमुख राणा


नेपालगंज : सोफिया रेजिडेन्सियल इङ्लिस स्कूलले आज (सोमबार) आफनौं १५ औं बार्षिक दिवस तथा ख्रीष्टमस शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थापक प्रिन्सीपल के.बी.बसेलको अध्यक्षतामा भएको बिशेष समारोहलाई सम्बोधन गर्दै नेपालगंज उपमहानगरपालिकाका नगर प्रमुख डाक्टर धवल शम्शेर राणाले सोफियालाई आफुले शहरकै उत्कृष्ट स्कूलका रुपमा देखेको बताउनुभयो । पहिलो पटक आफु सोफिया स्कूलमा पुगेको भन्दै नगर प्रमुख राणाले सोफिया स्कूलको उन्नती प्रगतिको कामना गर्दै स्कूल संञ्चालक, विद्यार्थी र अभिभावक सबैलाई बधाई ज्ञापन पनि गर्नुभयो ।

कार्यक्रममा नेपालगंजका पूर्व नगर प्रमुख बिजय गुप्ता, सोफिया स्कूलका प्रिन्सीपल शुसिला बसेल, स्कूल संञ्चालक सदस्य डक्ट प्रसाद धिताल लगायतले बार्षिक दिवसका अवसरमा आयोजित विभिन्न प्रतियोगिता, विधाका बिजयी विद्यार्थीहरुलाई ट्रफी मेडल र प्रमाण पत्र हस्तारण गर्नुभएको थियो । बाँँकेको नेपालगंज उपमहानगरपालिका वडा नम्बर १० रहेको यस स्कूलमा अहिले साढे ५ सय जना विद्यार्थीहरु अध्ययनरत छन । भने कक्षा १० सम्म पढाइ हुदै आएको छ । उपस्थित आफना अभिभावक, शिक्षक, शिक्षिका र अतिथी वर्ग सामु स्कूलका विद्यार्थीहरुले सांस्कृतिक पहिचान, विविधता झल्कीने खालका पोषाकमा सजिएर नृत्य, नाटक, कविता लगायतका प्रस्तुती राखेका थिए । सोफिया रेजिडेन्सियल इङ्लिस स्कूलले प्रत्येक बर्ष बार्षिक दिवस मनाउदै आएको छ ।

प्रकाशित मितिः     ९ मंसिर २०७६, सोमबार २०:२८  |