एनसेलको ‘रिचार्जमा चमत्कार’ स्किम, सातामा ५ जनालाई २ लाख, महिनामा १० लाख उपहार


काठमाडौं। एनसेल प्राईभेट लिमिटेडले ‘रिचार्जमा चमत्कार’ स्किमका बिजेतालाई पुरस्कार घोषणा गरेको छ। एक टिभी कार्यक्रम र आफ्नो फेसबुक पेज मार्फत पाँच भाग्यशाली कोडहरुको घोषणा गरेको हो। यसरी घोषणा गरिएका प्रत्येक कोड नम्बर बाहेक एनसेल ग्राहकले जनही २ लाख नगद पुरस्कार जितेका छन्। 

आफ्नो कष्टमर लोयल्टी योजनाअन्तर्गत एनसेलले ‘रिचार्जमा चमत्कार’ अफर मंसिर १ देखि संचालन गर्दै आएको छ। यस योजनाअन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक हप्ता २ लाख र प्रत्येक महिना १० लाख जित्ने मौका पाउँछन्। योजनाको पहिलो हप्ता (मंसिर १–७) का विजेता ग्राहकहरुलाई एनसेलले शुक्रबार भित्र पुरस्कार रकम हस्तान्तरण गर्नेछ।

एनसेलका प्रिपेड र पोष्टपेड सेवाका सबै ग्राहकहरुले हप्तामा एक सय रुपैयाँ वा यसभन्दा बढिको रिचार्ज गरि साप्ताहिक वा मासिक नगद पुरस्कार जित्नका लागि योग्य हुन्छ सक्छन्। आइतबारदेखि शनिबारको साप्ताहिक चक्रमा यो योजनामा संचालन भईरहेको र योजनाको प्रत्येक चार हप्ताको समापनसँगै त्यस महिनाको एक भाग्यशाली ग्राहकको पनि घोषणा गरिने विज्ञप्तिमा उल्लेख छ।

ग्राहकले १०० रुपैयाँ वा त्योभन्दा बढिको ब्यालेन्स रिचार्जमा प्रत्येक १०० रुपैयाँ बराबरको एक विषेश कोड एसएमएस मार्फत प्राप्त गर्छन्। यसरी प्राप्त हुने प्रत्येक कोडलाई ग्राहकले नगद पुरस्कार दाबी गर्नका लागि सुरक्षित राख्न पर्ने हुन्छ।

प्रकाशित मितिः     १० मंसिर २०७६, मंगलवार १३:११  |