नाट्टाका सदस्यहरुले भ्रमण वर्षमा १० प्रतिशत छुट दिने


नेपाल भ्रमण वर्ष २०२० को अवसरमा नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का सदस्य ट्राभल र टुर कम्पनीहरुले आफ्ना सेवाहरुमा १० प्रतिशत छुट दिने सम्झौता सम्पन्न भएको छ । विहिवार नेपाल भ्रमण वर्ष २०२० का राष्ट्रिय संयोजक सुरज वैद्य र नाट्टाका अध्यक्ष सि.एन.पाण्डेले सो सम्बन्धि सम्झौतामा हस्ताक्षर गरे ।

नाट्टा र भ्रमण वर्ष सचिवालय विच १४ बुँदे सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न नाट्टाका सदस्यहरुको सक्रिय सहभागिता र सक्रियता रहने उल्लेख छ । त्यसका साथै नाट्टाका सम्पूर्ण सदस्यहरुले आफ्ना सम्पूर्ण प्रचार सामाग्री तथा वेभसाईटमा नेपाल भ्रमण वर्षको लोगो राख्ने समेत उल्लेख छ ।

नाट्टाका अध्यक्ष सि.एन.पाण्डेले सरकारले अगाडी सारेको नेपाल भ्रमण वर्षलाई सफल पार्न नाट्टाका सदस्यहरुले आफ्नो सेवामा १० प्रतिशत छुट दिने वताए ।

प्रकाशित मितिः     १२ मंसिर २०७६, बिहीबार १९:२२  |