बाँकेमा कामदारको दैनिक ज्याला पाँच वर्षमा १ सय ४५ रुपैया बढ्यो


नेपालगञ्ज १३ मंसिर – हरेक दिन जसो महङ्गी बढेको छ । साँझ र बिहानको खानको जोहो गर्न धौःधौ पर्ने कामदार बर्ग यसबाट सबैभन्दा बढि प्रभावित छन् । तर त्यही बर्गले पाउने पारिश्रमिक भने खासै बृद्धि हुँदैन् । पछिल्लो पाँच वर्षमा बाँकेमा काम गर्ने कामदारको दैनिक ज्याला १ सय ४५ रुपैया बृद्धि भएको छ । त्यो पनि सरकारी ‘रेट’ अनुसार ।

जिल्ला दररेट निर्धारण समितिको बैठकले सार्बजनिक खरीद नियमावली अन्र्तगत रही जिल्लामा दररेट स्वीकृत गर्छ । उक्त दररेट जिल्लाभर कार्यान्वयन हुन्छ । व्यवहारत :  यस्तो दररेट लागू नहुन पनि सक्छ । कतिपय ठाउँमा कामदारले दररेट भन्दा धेरै पारिश्रमिक पाएका पनि हुन सक्छन् । तर त्यसको आधारम भने जिल्ला दररेट निर्धारण समितिले तोके बमोजिम हुन्छ ।

बाँकेमा ०७६/७७ का लागि सिकर्मीको दैनिक ज्याला रु ७ सय २० रुपैया तोकिएको छ । जबकी उक्त २०७२/०७३ मा दैनिक पारिश्रमिक रु ५ सय ७५ थियो । अन्य कामदारको पारिश्रमिक पनि लगभग यही हाराहारीमा कायम भएको छ । धेरै मजदुरहरुले न्यूनतम ज्याला नपाएको दुखेसो पोख्ने गरेका छन् । मजदुरले न्यूनतम पारिश्रमिक पाए नपाएको अनुगमन समेत हुँदैन । हेर्नुहोस् कामदारले पाउने पारिश्रमिकको सूची

प्रकाशित मितिः     १३ मंसिर २०७६, शुक्रबार ०८:२४  |