शुक्रबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा १ करोड कित्ता बढी शेयर सुचिकृत भएको छ। शुक्रबार २ कम्पनीको गरि कुल १ करोड ११ लाख ६ हजार ९ सय ६३ दशमलव ६४ कित्ता शेयर सुचिकृत भएको हो ।
आज शाइन रेसुंगा डेभलपमेन्ट बैंकको १ करोड २ हजार ३ सय ८८ दशमलव ६४ कित्ता शेयर सुचिकृत भएको छ । बैंकले पुर्णिमा डेभलपमेन्ट बैंक र भार्गव डेभलपमेन्ट बैंकलाई गाभेपछि पुर्णिमा र भार्गवतर्फको शेयर सुचिकृत भएको हो ।
आज नै ग्लोबल आईएमई लघुवित्तको ११ लाख ४ हजार ५ सय ७५ कित्ता हकप्रद शेयर पनि सुचिकृत भएको छ ।