तीन तहका ५२ पदका लागि मतदान जारी


कोहलपुर वडा नं. ६ मा भइरहेको निर्वाचन । तस्वीर : रविन्द्रसिंह ठकुरी

तीन तहका रिक्त पदका लागि शनिबार मतदान भइराखेको छ। प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको रिक्त ५२ पदको उपनिर्वाचनका बिहान सात बजेदेखि मतदान जारी छ। बेलुकी ५ बजेसम्म मतदानका लागि समय दिइएको छ।

प्रतिनिधिसभातर्फ २१, प्रदेशसभा सदस्यतर्फ ४३ र स्थानीय तहका विभिन्न पदका लागि २७३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। उपनिर्वाचनमा ४ लाख ५४ हजार ११४ जनालाई मतदान गर्न पाउने मताधिकार छ। कास्की–२ मा प्रतिनिधिसभा सदस्य, भक्तपुर, बागलुङ र दाङमा प्रदेशसभा सदस्य तथा धरानमा उपमहानगरपालिकाको प्रमुख पदका लागि उपनिर्वाचन हुन लागेको हो।

पाँचथरको फाल्गुनन्द गाउँपालिका, सङ्खुवासभाको मकालु गाउँपालिका र महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षका लागि पनि उपनिर्वाचन हुँदैछ। हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षका र ४३  वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो।

प्रकाशित मितिः     9:36:15 AM  |