होटल सिद्धार्थमा क्यासिनो ‘ज्याकपट’ तयार, ‘ओपनिङ्ग’ मा यो उमेरकालाई निःशुल्क प्रवेश


 

नेपालगञ्ज- नेपालगञ्ज–१८ कारकादोमा रहेको होटल सिद्धार्थमा ‘क्यासिनो ज्याकपट’ सञ्चालनको लागि तयार भएको छ । डिसेम्बर १३ अर्थात मंसिर २७ गते औपचारिकरुपमा क्यासिनो सन्चालन हुने छ । यो नेपालगञ्जको तेस्रो क्यासिनो हो । होटल स्नेहा, सोल्टी होटल पछि सिद्धार्थमा क्यासिनो सन्चालनमा आउन लागेको हो ।

‘ओपनिङ्ग’मा भब्य कार्यक्रम सहित क्यासिनो ‘नाइट’ गर्न लागिएको छ । उक्त कार्यक्रममा प्रवेश निःशुल्क राखिएको छ भने १८ वर्ष माथिका लागि मात्र जाने अनुमति दिइने क्यासिनो ज्याकपटले जनाएको छ । पछिल्लो समय बाँकेका तारे होटलमा क्यासिनो सन्चालन गर्ने क्रम बढेको छ ।

भारतीय लगायत बिदेशी पर्यटकलाई लक्षित गरी क्यासिनो सन्चालन भइरहेका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले समेत क्यासिनो सिटी बनाउने नीतिगत निर्णय नै गरिसकेको छ । क्यासिनो सन्चालनका लागि कर छुट जस्ता कार्यक्रम समेत लागु गरिएको छ ।

प्रकाशित मितिः     २१ मंसिर २०७६, शनिबार ०९:२३  |