होटल सिद्धार्थमा यसरी गरियो ‘केक मिक्सिङ्ग सेरोमनी’ !


नेपालगञ्ज – नेपालगन्जको चारतारे होटेल सिद्धार्थले केक मिक्सिङ कार्यक्रम गरेर अग्रेजी नया बर्ष र क्रिसमसको तयारी सुरु गरेको छ ।
नया बर्ष र क्रिसमसको अबसरमा होटेल सिद्दार्थले पाउनाहरुलाई बिभिन्न प्रकारका स्वादिष्ट परिकार र मनोरन्जनात्मक कार्यक्रमहरु मार्फत स्वागत गर्ने होटेलका महाप्रबन्धक सन्तोष न्यौपानेले बताउनु भयो ।

क्रिसमस जाडो महिनामा पर्ने भएकाले जाडो महिनाभरी खानका लागि डाइ फुट , गरम मसला र मदिरा लगायतका सामाग्रीहरु मिसाएर केक मिसिङ गरिन्छ । काजु किसमिस, बदाम, पिस्ता लगायतका डाईफुड, थरिथरीमा मदिरा र बे्रडको धुलो, चकलेट पाउडर, अदुवा, दालचिनी, अलैची लगायतका सामाग्रीहरु मिसाएर केक मिसिङ गरेर क्रिसमसको अघिल्लो दिन सम्म राखिन्छ । मिक्सिङ गरेको केकलाई २६ डिग्री भन्दा कम तापक्रममा राखेर एक महिना सम्म खान सकिन्छ ।

मिसिङ गरेर राखेको केकमा अन्डा , बटर, सुजी , मैदा मिसाएर क्रिसमस र नया बर्षका लागि केक बनाइने सिद्दार्थ बिजनेश गु्रप अफ हस्टिालिटीका प्रमुख अप्रेशन म्यानेजर बिनय थापाले बताउनु भयो । सिद्दार्थ ग्रुपका कर्पाेरेट सेफ एलबि कौशलले केक मिसिङ गर्ने तरिकाका बारेमा जानकारी गराउनु भएको थियो ।
केक मिक्सिङ कार्यक्रममा नेपालगन्ज उप महानगरपालिका उप प्रमुख उमा थापा मगर , उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य कृष्ण श्रेष्ठ, होटेल ब्यबसायी संघका अध्यक्ष भीम कडेल र सिद्दार्थ गु््रपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपाने र नेपालगन्जका संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

हेर्नुहोस् तस्विरमा होटल सिद्धार्थको केक मिक्सिङ्ग ……

प्रकाशित मितिः     २१ मंसिर २०७६, शनिबार १७:४८  |