बर्दियाका बालबालिकासंग रमाउदै चर्चित चिनियाँ अभिनेत्री समर क्विन


बाँके २२ मंसिर – नेपाल भ्रमण वर्ष २०२० का लागि चिनियाँ सदभावना दूत अभिनेत्री स्वी छिङ (समर क्विन) शनिवार बर्दिया भ्रमणमा आएकी छन् । बर्दिया जान उनी बिहान नेपालगञ्ज बिमानस्थलमा ओर्लिइन । बिमानस्थलमा पर्यटन क्षेत्रमा सक्रिय होमस्टे एशोसिएशनका पूर्व केन्द्रीय अध्यक्ष एवं नेकपा पर्यटन बिभाग प्रदेश ५ का अध्यक्ष भिम केसीले अभिनेत्री समर क्विनलाई स्वागत गरे ।

बारबर्दियाको सतखलुवा सामुदायिक होमस्टेमा बालबालिकासंग रमाईन

बिमानस्थलबाट सिधै उनको टोली बर्दियाको बाँसगढी पुगेको थियो । त्यहाँ बाँसगढीका मेयर सालिकराम अधिकारीले भब्य स्वागत गरे । केहीबेरको भलाकुसारी पछि अभिनेत्री सहभागि भ्रमण टोलीलाई भुरीगाउँमा ठाकुरबाबा नगरपालिकाका मेयर घननारायाण श्रेष्ठले स्वागत गरे । स्वागत पछि अभिनेत्रीले बारबर्दियाको सतखलुवा सामुदायिक होमस्टेमा बालबालिकासंग रमाईन । उनको बसाई उनी होटल टाईगर टप्समा हुने छ । भोली आईतबार बर्दिया राष्ट्रिय निकुञ्जमा भ्रमण र सरोकारवाला निकायसंग भेटघाट हुने कार्यक्रम तय भएको छ । अभिनेत्री स्वागत गर्दै केसीलले चिनिया अभिनेत्रीको आगमनले पश्चिमको पर्यटन प्रर्बधन गर्ने बताए ।

गत अक्टूबरमा बिमानेपाल भ्रमणमा रहेकै बेला सरकारले उनलाइ सद्भावना दूत घोषणा गरेको थियो । बर्दियामा हात्ति सफारी, लुम्बिनी जाने कार्यक्रम छ ।  ५० वर्षीया स्वी छिङ चीनकी पख्र्यात सेलिब्रेटी हुन्। उनका फ्यान फलोअर्स नै १.४ अर्ब छन। चिनियाँ सामाजिक सञ्जाल वैपोमा पछ्याउनेहरुले उनलाई ‘समर क्विन’ र हन्ड्रेड फ्लावर्स अर्थात सयवटा फूलभन्दा पनि सुन्दर व्यक्तिको उपमा दिने गर्छन।

प्रकाशित मितिः     २२ मंसिर २०७६, आईतवार ०७:५२  |