नेपालगञ्ज २२ मंसिर – नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालगन्ज नगरसमिति र महिला उद्यमी समितिको संयुक्त आयोजनामा आगामी पुस ११ गतेदेखि २१ गतेसम्म सडक डिभिजन परिसर काँरकारदोमा ‘दोस्रो प्रादेशिक औद्योगिक लद्यु घरेलु तथा कृषि प्रविधि व्यापार एवं पर्यटन महोत्सव’ आयोजना हुने भएको छ ।
भ्रमण वर्षको पूवृसन्ध्यामा आयोजना गर्न लागिएको महोत्सवले यस क्षेत्रको पर्यटन विकासलाई टेवा पुर्याउने लक्ष्य राखिएको महासंघ नगर समिति अध्यक्ष रचना श्रेष्ठले बताईन । उनले महोत्सवमा ३ सयदेखि ३ सय ५० वटा स्टल रहने जानकारी दिइन । यी स्टल मध्ये ५० वटा घरेलु तथा साना उद्योग प्रर्बधनका लागि छुट्याएको छ ।
महोत्सवमा उद्योग व्यवसायको प्रर्बधनको लागि बिभिन्न स्टलहरु, सेल्फी प्वाईन्ट, सांस्कृतिक कार्यक्रम फेसन शो, बिद्यालय स्तरिय आईडल लगायत आयोजना गरिने छ । महोत्सव सम्पन्न गर्नका लागि ८० लाख खर्च हुने र करिब १ करोड आम्दानी गर्ने लक्ष्य राखिएको छ । टिकट विक्री, स्टल, प्रयोजक, सहपैयोजकबाट प्राप्त हुने महिला उद्यमी समितिको अध्यक्ष मिना सुवेदी ढकालले जानकारी दिइन ।