नेपालगञ्ज सहित तीनवटा विमानस्थलमा ३०% जहाज राख्न सक्ने व्यवस्था मिलाउन सुझाव


काठमाडौं । नेपालको हवाई उद्योगलाई सुधार्ने उद्देश्यले गठन गरिएको कार्यदलले आन्तरिक वायुसेवा कम्पनीहरुको कुल जहाज संख्याको ३० प्रतिशत जहाज नेपालगञ्ज, पोखरा र विराटनगरमा राख्न सक्ने व्यवस्था मिलाउनु पर्ने सुझाव दिएको छ ।  संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई १० बुदे सुझाव दिएको छ । मन्त्रालयले पूर्वसचिव सुरेशमान श्रेष्ठको अध्यक्षतामा सुझाव दिन कार्यदल गठन गरेको थियो । उनको कार्यदलले हवाई उद्योगमा छुट तथा सहुलियत दिने सम्बन्धमा दिएका सुझावहरु यस्ता छन् ।

१. त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा चौबिसै घन्टा उडान गर्न दिनु पर्ने ।

२. लिन आवर, नरमल आवर र पिक आवरमा उडान गर्नेहरुका लागि सोही अनुसार स्लट मिलाउँदै एरोनटिक शुल्क निर्धारण हुनु पर्ने ।

३. लिन आवरमा उडान गर्ने वायुसेवा कम्पनीलाई ल्यान्डिङ, पार्किङ तथा ग्राउन्ड ह्यान्डलिङमा विशेष छुटको व्यवस्था गर्नु पर्ने ।

४. आन्तरिक वायुसेवा कम्पनीहरुको कुल जहाज संख्याको ३० प्रतिशत जहाज नेपालगञ्ज, पोखरा र विराटनगरमा राख्न सक्ने व्यवस्था मिलाउनु पर्ने ।

५. अन्तर्रा्ष्ट्रिय टर्मिनल भवनको ट्रान्जिट हल, ट्रान्जिट कार्गो यार्ड तथा ड्युटी फ्रि सप सञ्चालनको व्यवस्था मिलाउनुपर्ने ।

६. अन्तर्रा्ष्ट्रिय उडानबाट आउने यात्रुलाई विमानस्थल भित्रबाटै आन्तरिक विमानस्थलमा जाने र आउने अलग्गै प्यासेजको व्यवस्था गर्नु पर्ने ।

७. केही समय तोकी नयाँ अन्तर्रा्ष्ट्रिय विमानस्थलमा उडान गर्ने वायुसेवा कम्पनीलाई निश्चित वित्तिय उत्पे्ररणाको व्यवस्था गर्ने ।

८. एयरसाइटमा उपलब्ध गराउने सेवाहरुको शुल्कमा लाग्ने मूल्य अभिवृद्धिकर छुट तथा न्यूनीकरण गर्ने ।

९. नयाँ अन्तर्रा्ष्ट्रिय विमानस्थलमा विदेशी वायुसेवा कम्पनीलाई कम्तीमा ३ वर्ष ९पहिलो वर्ष ५०, दोस्रो वर्ष ४० र तेस्रो वर्ष २५ प्रतिशत० का लागि वित्तीय उत्पे्ररणाको व्यवस्था गर्ने ।

१०. निश्चित संख्या वा फ्रिक्वेन्सीमा उडान गर्ने विदेशी वायुसेवा कम्पनीलाई स्वयं ग्राउन्ड ह्यान्डलिङ गर्न दिने र फ्लाइट क्याटरिङ्ग वा इन्जिनियरिङ ह्यांगर, एयरपोर्ट होटल सञ्चालन गर्न चाहेमा सहुलियत दरमा जग्गा लिजमा उपलबध गराउने ।

बिस्तृत हेर्न यहाँ क्किल गर्नुहोस् final report(1)

प्रकाशित मितिः     २३ मंसिर २०७६, सोमबार ०८:०३  |