नेपालगन्ज २२ मंसिर – आज आईतवारबाट राप्तीसोनारी वडा नँ ५ बिनौनामा बिद्युतको प्रशारणलाई बिस्तार गरिएकोछ । धामपुर सब स्टेशनमा बत्ति बलिसक्दा पनि ठेकेदारको लापरबाहीका कारण गाऊमा बत्ति बल्न सकेको थिएन । बिद्धुत प्राधिकरणले काम नगर्ने ठेकेदारको ठेक्का खारेज गरको थियो । गाऊमा बत्ती बाल्न पोल गाड्ने कामको सुरुवात भएपछि स्थानियबासि खुसी भएकाछन । आज एक कार्यक्रमको आयोजना गरि पोल गाड्ने कामको उद्घघाटन गरिएकोछ ।
५ नँ प्रदेश सभा सदस्य एवँ नेकपा सँसदिय दलकी सचेतक पार्बती पुन उषाले पोल गाड्ने कार्यको शीलान्यास गरीन । कार्यक्रमको प्रमुख अतिथी समेत रहेकी साँसद उषाले लामो समयको पर्खाइ पछी यस वडामा बत्ती बल्न गइरहेको हुदा स्थानिय वासीले सहयोग गर्नुपर्ने धारणा राखिन साथै उनले सँघिय साँसद अथकको निरन्तरको प्रयास पछि मात्र यस क्षेत्रको बिद्धुतीकरणको कामले तिब्रता पाएको बताइन । रेनु कन्टक्शनले कामको जिम्माज पाएपछी हाल ११७ वटा पोल खसालेको र कामको सुरुवात भएको छ।
राप्तीसोनारी वडा नँ ५ को चीलरिया बिनौना टरुवा शन्तपुर जुरपानी ललही नया बस्ती बन्जरीया दक्षिण मुलाहा अलीनगर रमायणपुर र गोरधुइमा १ बर्ष भीत्र काम सम्न गरिसक्ने रेनुकन्टक्शनका प्राबिधिक भरत बहादुर खत्रीले जानकारी दिए । उनले एच टि लाइन १५.२ कि मि र एल टि लाइन १६ कि मि बिस्तार गरिने पनि बताए ।