नेपालगञ्ज २३ मंसिर – साथीलाई ट्रकले ठक्कर दिएर गम्भीर घाइते बनाएपछि शुरु भएको बिद्यार्थीको आन्दोलनले कोहलपुरमा उग्ररुप लियो । आईतबार बिहान कोहलपुर वडा नं. १० मा रहेको त्रिभुवन माविमा अध्ययनरत छात्रा प्रकृती चन्द स्कुल जाँदै थिईन । कोहलपुरबाट नेपालगन्ज जाँदै गरेको ना २ ख ९४५९ नम्बरको ट्रकले उनलाई किच्यो । तत्काललै अस्पताल लगियो । घटनामा चन्दको दुबै खुट्टा पुर्ण रुपमा पिल्सीएका छन भने उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । थप उपचारका लागि सेनाको हेलिकप्टरबाट काठमाण्डौ लगिएको छ ।
आँखै अगाडी साथीलाई ट्रकले किचेको देखेपछि आक्रोसित विद्यार्थी तथा अभिभावकहरुले ट्रक जलाईदिएपछि कोहलपुरको अवस्था तनावग्रस्त भएको हो । प्रहरी र स्कुले विद्यार्थीहरु बिचको झडपले कोहलपुर रणभुमिमा परिणत भयो । तर प्रहरीको केही लागेन । प्रहरीले चलाएको गोली लागेर धेरै विद्यार्थी घाईते भएका छन । भिडलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको थियो । सोही क्रममा बिद्यार्थीलाई रबरको गोली लागेको छ । घटनामा आधा दर्जन बढि प्रहरी समेत घाईते भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
आन्दोलित विद्यार्थीहरुले अहिले ईलाका प्रहरी कार्यालय कोहलपुर घेराउ गरे । प्रहरी कार्यालय नै घेराबन्दीमा परेपछि प्रहरीले निरन्तर हवाई फायर गरेको छ । एकाएक शुरु भएको आन्दोलन मत्थर पार्न प्रहरीलाई हम्मेहम्मे परेको थियो । आन्दोलनमा सहभागि बिद्यार्थीले आँखै अगाडी साथीलाई गाडीले किचेको आक्रोस सडकमा पोखिएको बताएका छन् । उनीहरुले सडकमा हिँडडुल गर्नै मुस्किल पर्ने अवस्था आएको बताए ।
पछिल्लो एक हप्तामा मात्र बाँकेमा ठुला सवारी दुर्घटनाका बढेका थिए । चारलेन सडकमा तिब्रगतीमा हुईकिने गाडीक कारण दुर्घटना बढेको छ । त्यसैको आक्रोस आईतवार कोहलपुरमा पोखियो । कोहलपुरलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । त्यहाँका बिद्यालयहरु आज बन्द छन् । स्थित सामान्यतर्फ जादैछ । सिमित सवारीसधान चलेका छन् ।