सिद्धार्थ बैंकले ७५ लाखसम्मको ऋण दिने स्किम ल्यायो, धितोको ८० प्रतिशतसम्म ऋण दिने


काठमाडौं। सिद्धार्थ बैंकले साना तथा मझौला व्यवसायलाई लक्षित गर्दै ७५ लाख रुपैयाँसम्मको ऋण स्किम ल्याएको छ।बंैकले व्यक्तिगत ऋणदाताहरुबाट उच्च ब्याजदरमा ऋण लिनुको सट्टा बैंकबाटै सहज रूप कर्जा सुविधा प्राप्त गर्न सकुन् भनेर ऋण योजना ल्याएको विज्ञप्तिमा जनाएको छ। यो ऋणमा पूर्व भुक्तानी शुल्क लाग्दैन भने चालु पूँजी र स्थायी सम्पतिको ८० प्रतितशतसम्म फाइनान्सिङ सुविधा पाइन्छ।

बैंकले १० बर्षसम्मका लागि ऋण दिने छ। ब्याज दर भने उल्लेख गरेको छैन। बैंकले ऋण लिनेलाई निशुल्क क्रेडिट कार्डका साथै एसएमएस अलर्टलगायतका सुविधा दिने छ। लकरमा पनि ५० प्रतिशत छुट पाइने छ। बैंकका १७५ शाखा छन्। यसमा ४ वटा एक्सटेन्सन काउन्टर पनि पर्छ।

प्रकाशित मितिः     २४ मंसिर २०७६, मंगलवार ०७:४०  |