चारतारे होटलको ‘रुफ्टप रेष्टुरेण्ट’,जहाँ थारु ‘कल्चर’को संयोजन भेटिन्छ


नेपालगञ्ज २४ मंसिर – माटोले पोतेको भित्तामा लहरै छन्, हात्ती र घोडाका आर्कषक चित्र ! त्यही भित्ताको दक्षिणतर्फ ‘लडिया’ को पांग्रालाई कालो रङ्गले पोतेर अड्याइएको छ । ‘सिलिङ्ग’ लाई ढकिया,पुराना काठले सजाएको दृश्य अझ नयाँ लाग्न सक्छ । कोठा भित्र छिर्ने बित्तिकै जोकोहीको नजरमा यिनै कुरामा पर्छन । झट्ट हेर्दा आदिवासी थारु समुदायको घर वा संग्राहलयमा पुगेको भान हुने यो ठाउँ हो, नेपालगञ्ज–१८ कारकादोमा रहेको चार तारे होटल सिद्धार्थको हालै बनेको ‘रुफ्टप रेष्टुरेण्ट’ हो ।

छतको सबैभन्दा माथिल्लो भाग । सम्भवत नेपालगञ्जकै सबैभन्दा उचो स्थान अर्थात आठौं तलामा सिद्धार्थ समूहको यो चार तारे होटलमा भर्खरै रेष्टुरेण्ट खुलेको छ । कला, संस्कृतिका धनी आदिवासी थारु समुदायको ‘कल्चर’को संयोजन गरेर निकै कलात्मक शैलीमा रुफ्टप रेष्टुरेण्ट निर्माण गरिएको छ । पाहुनालाई नयाँपन दिने प्रयास गरेको बताउँछन्, सिद्धार्थ बिजनेश ग्रुपका क्षेत्रीय प्रबन्धक केशव न्यौपाने । उनी भन्छन्,–‘हाम्रा सेवाग्राहीले यस क्षेत्रको कला,संस्कृतिका बारे जान्न पाउनु भन्ने उदेश्य राखेर यसो गरेका हौं ।’

रुफ्टपमा आउने पाहुनाहरु डुङ्गामा बसेर तस्बिर खिचाउँछौ । माटो पोतेर कुदेको आर्कषक चित्रहरु नियाल्छन् । ‘हामीले गरेको सानो काम तर पाहुनाले निकै रुचीपूर्वक नियाल्नुहुन्छ ।’– न्यौपानेले भने । सिद्धार्थको नयाँपन दिने कामले पश्चिमका आदिवासी थारु समुदायको संस्कृतिक चिनाउने अवसर प्राप्त त भएको छ नै होटलमा आउने भिआईपी ग्राहकलाई पनि नयाँ कुरा जान्ने अवसर पाएका छन् ।

आठौ तला माथि बनाएको रेष्टुरेण्टबाट नेपालगञ्ज नियाल्न सकिन्छ । बाहिरका दृश्यावलोकन गर्दै कफीको चुस्की लिनुको मज्जा नै बेग्लै छ । यहाँ टिपिकल नेपालीदेखि बिभिन्न देशका खानाको स्वाद लिन पाईन्छ । त्यहाँ आउने सेवाग्राहीले पिजा, जापनिज, कोरियन, इटालियन, थाई, जस्ता बिश्वबिख्यात खानाको लाभ लिन सक्ने छन् । बर्षायाममा हरिया फाँट र सफा मौसममा चुरे पहाडको दृश्य हेर्न अझ लायक हुने छ । नेपालगञ्जमा तारे होटलको संख्या बढ्दै जाँदा उनीहरुले यसरी नै नयाँ पनि दिन खोजेका छन् ।

प्रकाशित मितिः     २४ मंसिर २०७६, मंगलवार ०७:१८  |