नेपालगञ्ज बसपार्कमा काम गरेका ‘पेटी’ ठेकेदारले मुख्य ठेकेदारबाट पैसा पाएनन


नेपालगन्ज । नेपालगञ्ज बसपार्क निर्माणको जिम्मा पाएको युनाइटेड बिल्डर्स एन्ड इन्जिनियर्स प्राली काठमाडौंले पेटी ठेकेदारलाई काम गरेवापतको पैसा दिएको छैन् । समयमा पैसा नपाएपछि १२ जनाले युनाइटेड बिरुद्ध नेपालगञ्ज उपमहानगरपालिका बिरुद्ध निबेदन दर्ता गराएका छन् ।
लामो समयसम्म आफुहरुले दिएको सामानको पैसा माग्दा समेत हुन्छ भन्दै बेवास्ता गरेको कारणले उक्त कम्पनी बिरुद्ध निबेदन दर्ता गराउनु परेको कम्पनी पीडित ब्यापारीहरुले बताए । एक दर्जनको संख्यामा नेपालगन्ज उपमहानगरपालिका पुगेका ब्यापारीहरु सो कम्पनीबाट पीडित भएको बताएका छन् ।

कम्पनी मालिकलाई फोन गर्दा कहिले के भन्ने त कहिले हुन्छ भनेर मात्रै टार्नेे गरेको अर्का पीडित ब्यापारी जगदीश खनालले बताए । जहिले झुठ बोलेर हामिलाई उनले धोकामा राखेकाले बिरुद्धमा निबेदन दिन बाध्य भएको अर्का पीडित मध्यका ब्यापारी इब्राहिम दर्जीले बताए।

यता उपमहानगरपालिकाले उक्त कम्पनी बिरुद्ध निबेदन परेकाले उनको कम्पनी तयारी चेक रोक्का गर्ने जानकारी दिएको छ । पीडित ब्यापारीहरुले आफुहरु सगै उक्त कम्पनीका एकाउन्टेन्टलाई सगै उपमहानगरपालिकाको कार्यालय ल्याएपनि उनलाई यो बारेमा सोध्दा उनले केही कुरा बताउन चाहेनन् । आज निबेदन दिएका १२ ब्यापारीहरुको सबै रकम लगभग ८० लाख उक्त युनाइटेड बिल्डर्सले दिनुपर्ने देखिन्छ।

प्रकाशित मितिः     २५ मंसिर २०७६, बुधबार १४:३४  |