कर्जा लिएका किसानलाई तालिम दिदै ग्रामीण विकास लद्युवित्त


नेपालगन्ज – ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड क्षेत्रीय कार्यालय नेपालगन्जले बिहिवार क्षेत्रिय कृषि अनुसन्धान केन्द्र,नेपाल कृषि अनुसन्धान परिषद्,खजु‘रा, बाकेंको प्राविधिक सहयोगमा एक दिने तरकारी खेती/पशुपालन सम्बन्धि ग्राहक किसानहरुको तालिम सम्पन्न गरेको छ ।  तालिमको उद्घाटन संस्थाका क्षेत्रीय प्रवन्धक खगेन्द्र प्रसाद अर्यालले गर्दै संस्थाले झण्डै चालिस प्रतिशत कर्जा कृषि क्षेत्रमा कर्जा प्रवाह गरेकाले ग्राहक किसानहरुको उत्पादन र उत्पादकत्व बृद्धि गर्ने हेतुले तालिम दिएको बताए ।

उनले अनुसन्धान केन्द्रका विज्ञ प्राविधिकहरुद्धारा तालिमको आयोजना गरेमा बढी लाभदायक र उपलब्धिमुलक होला भन्ने अपेक्षाका साथ तालिम आयोजना गरेको जनाए । संस्थाले ग्रामीण बिपन्न वर्गमा रहेका परिवारहरुलाई समुह मार्फत कर्जा प्रवाह गर्ने, बचत परिचालन गर्ने भएतापनि यस किसिमको तालिमबाट संस्थाको असुली ब्यवस्थापनमा सकारात्मक असर पर्ने उनको बुझाई छ । ‘तपाई सहभागीहरुलाई आ फुले संचालन गरेको कृषि ब्यवसायमा सहयोग पुग्नेछ सोच राखेको र तपाईहरुले बढी सहभागिमुलक भई आफुलाई परेका भागेका समस्याहरुमा ब्यापक छलफ गरि बढी बढी भन्दा लाभ लिनु हुनेछ भन्नु भएको थियो ।’– अर्यालले भने ।

क्षेत्रिय कृषि अनुसन्धान केन्द्र,नेपाल कृषि अनुसन्धान परिषद्,खुज‘रा, बाकेका निमित्त प्रमुख रामदास चौधरीले तालिम कार्यक्रमको सफलताको शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन संस्थाका अधिकृत चन्द्र बहादुर जिसीले गरेका थिए भने सभापतित्व संस्थाका शाखा तथा जोखिम ब्यवस्थापन महाशाखाका प्रमुख परमेश्वर शर्माले गरेका थिए । तालिममा बांके जिल्ला स्थित रांझा,बेतहनी,बांबुगाउ र खजुरा शाखा कार्यालयबाट ३५ जना ग्राहक किसानहरुको सहभागिता भएको थियो । तत्पश्चात् तरकारी खेती सम्बन्धि तालिमको शुरुवात भएको र तरकारी खेती सम्बन्धि तालिममा प्याज खेती प्रविधि बिषयमा केशव बहादुर चन्द,प्राविधिक अधिकृत, उन्नत आलुखेती प्रविधि बिषयमा सन्तोष कलौनी प्राविधिक अधिकृत ,तरकारी खेती प्रयोगात्मक ज्ञान र फिल्डमा अवलोकन भ्रमण बिषयमा यज्ञ प्रसाद के.सी. प्राविधिक अधिकृत, तरकारी खेतीमा रोग ब्यवस्थापन बिषयमा बसिष्ठ आचार्य प्राविधिक अधिकृतले तालिम दिए ।

संस्थाका क्षेत्रीय प्रवन्धक अर्यालले तालिममा सहभागीहरुलाई प्रमाण─पत्र र प्याजको बिउ समेत उपहार स्वरुप दिदै सम्पन्न भयो । शुक्रवारे पशुपालन सम्बन्धि तालिम संचालन हुने वर्षभरी हरिया घांस उत्पादन प्रविधि बिषयमा दिनानाथ तिवारी बरिष्ठ,प्राविधिक अधिकृत, गाई भैसीका प्रमुख रोगहरु,उपचार तथा रोकथाम बिषयमा डा.दिनेश कुमार यादव बैज्ञानिक ,गाई भैसीको आहारा ब्यवस्थापन बिषयमा जगग्नाथ बन्जाडे. प्राविधिक अधिकृत, गाई भैसीको गोठ निर्माण सम्बन्धि जानकारी तथा फिल्ड अवलोकन बिषयमा दुर्गा रावत प्राविधिक अधिकृतले तालिम दिने कार्यक्रम रहेको छ ।

प्रकाशित मितिः     २६ मंसिर २०७६, बिहीबार १९:५२  |