नेपालगञ्ज २७ मंसिर – संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराइले कर्णालीमा प्रदेश पर्यटक लैजान नेपालगञ्ज विमानस्थल नेपाल बायु सेवा निगमको सानो क्षमताको जहाज ‘स्ट्याण्डबाई’ राख्ने तयारी भइरहेको बताएका छन् । भ्रमण वर्षमा कर्णालीमा पर्यटक बढाउन नेपाल बायु सेवा निगमको जहाज आवश्यकता महसुस गरिएकाले पर्यटनमन्त्रीको यस्तो भनाई आएको छ ।
बाँकेको पर्यटन प्रर्बधनका लागि सरोकारवाला निकायकालाई ध्यानार्कषण गराउन काठमाण्डौ गएको होटल व्यवसायी संघ बाँकेको टोलीसंग भेटघाटमा पर्यटनमन्त्री भट्टराईले निगमको जहाजको उडान नियमित गराउने बिषयमा आन्तरिक गृहकार्य भइरहेको बताएका हुन । निगमको जहाज थप्दा रारा लगायतको पर्यटकियस्थल घुम्न जान सहज हुने छ ।
उक्र भेटघाटमा पर्यटनमन्त्रीले नेपालगञ्ज –पोखरा उडानका लागि पनि पहल भइरहेको जानकारी गराएको होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भिम कँडेलले जानकारी दिए । ‘बाँकेको पर्यटन प्रर्बधनका बिषयमा मन्त्री ज्युसंग अत्यन्त गम्भीर कुरा भएका छन् । सहयोग गर्ने विषयमा मन्त्री ज्यू सकारात्मक हुनुहुनछ ।’– कँडेलले भने ।
भेटघाटमा बाँके क्षेत्र नं. १ मा प्रतिनिधिसभा सांसद महेश्वर गहराज अथकले पर्यटनमन्त्री समक्ष जिल्लाको पर्यटकिय सम्भावना र त्यसलाई अझ अगाडी बढाउन के कुराको आवश्यकता छ भन्ने बिषयमा मन्त्री भट्टराईको ध्यानार्कषण गराएका थिए । होटल व्यवसायीको टोलीले जिल्लाकोे पर्यटन प्रर्बधनका लागि आवश्यक तयारीका बिषयमा कार्ययोजना नै मन्त्री र अन्य सरोकारवाला निकाय समक्ष पेश गरेको छ ।