बाघको आक्रमणबाट मारिएका महिलाका परिवारलाई दश लाख प्रदान


नेपालगञ्ज – बाघको आक्रमणबाट मृत्यु भएकाका परिवारलाई बाँके राष्ट्रिय निकुञ्जले १० लाख रकम उपलब्ध गराएको छ । घटना भएको एक महिना भित्र निकुञ्जले राहात रकम उपलब्ध गराएको हो । यसअघि क्रिया खर्चका लागि रु ५० हजार दिइएको थियो ।

केही दिन अघि बाघको आक्रमणबाट ७५ वर्षिया काली खड्काको निधन भएको थियो । अर्की एक जना महिलाको पनि निधन भएको थियो । संरक्षित जनावरबाट भौतिक तथा मानवीय क्षती रोक्ने उपाय अपनाएको बताउँदै निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले त्यति गर्दा पनि कुनै घटना घटे तत्काल राहात रकम उपलब्ध गराउन पहल भइरहेको बताए ।

‘यस्ता घटना रोक्न हामीले हरसम्भव प्रयास गरिरहेका छौं । तर पनि बेलाबखत हुने यस्ता घटनाका पीडितलाई तत्काल राहात उपलब्ध गराएका छौं ।’ भट्टराईले भने–‘हरेक दुःख, सुःखमा निकुञ्ज प्रशासनलाई स्थानीयले साथ दिनुभएको छ । आगामी दिनमा दिनुहुने छ भन्ने अपेक्षा गरेका छौं ।’

प्रकाशित मितिः     २८ मंसिर २०७६, शनिबार १८:३६  |