जिल्ला स्तरीय पर्यटन प्रर्वद्धन समिति बाँकेले गरेका पाँच निर्णय


नेपालगन्ज – जिल्ला स्तरीय पर्यटन प्रर्वद्धन समिति बाँकेको आईतवार बैठक बसेको छ । बैठकले गरेका पाँच निर्णयहरु ।

१. जिल्लामा भ्रमण वर्ष सफल बनाउनका लागि भिम कँडेलको संयोजकत्वमा व्यवस्थापन समिति गठन । समिति सदस्यमा नमस्कार शाह,केशव न्यौपाने, श्रीराम सिग्देल, रंगबहादुर खड्का ।

२. समिति संयोजक अजय श्रीवास्तवको संयोजकत्वमा भ्रमण वर्ष उद्घाटनको दिन भारतबाट बढि भन्दा बढि पर्यटक भित्रा्उन प्रचार, प्रसार अभियान शुरु गर्ने ।

३. भ्रमण वर्षका् उद्घाटन होटल सिद्धार्थ भ्यूमा गर्ने र प्रदेशबाट आउने पाहुनालाई सोही ठाउँमा स्वागत गर्ने ।

४. नमस्कार शाहको संयोजकत्वमा ब्रोसर निर्माण समिति । २५ हजार पिस ब्रोसर छपाउने ।

५. जिल्लास्तरिय पर्यटन प्रर्बधन समितिमा डा. ओम मिश्रा, नारद पुरी र कमल डाँगीलाई सदस्यमा मनोनयन र निम्नानुसार सचिवालय गठन ।

संयोजक – अजय श्रीवास्तव
सदस्य – भिम कँडेल
केशव न्यौपाने
तेजबिक्रम शाह
ओमप्रकाश मिश्रा

प्रकाशित मितिः     २९ मंसिर २०७६, आईतवार १८:१७  |