नेपालगञ्ज ३० मंसिर – रोल्पा नगरपालिकाले दुध उत्पादन र रोजगारी सिर्जनाका लागि एक सयवटा जर्सी गाई ५० प्रतिशत अनुदानमा स्थानीयलाई बितरण गर्ने भएको छ । आर्थिक वर्ष २०७६/०७७ को वार्षि कार्यक्रम अन्र्तगत उन्नत जातका गाई बितरण गर्न लागेको हो । त्यसका लागि सर्वसाधारणबाट निवेदन आह्वान गरिएको छ । हेर्नुहोस् निवेदन…..
नगरपालिकाले स्थानीयस्तरबाटै दुध उत्पादनमा आत्मनिर्भर बन्ने लक्ष्य लिएको छ । सोही कार्यका लागि ट्यांकर समेत खरिद गरिएको छ । गाईपालन शुरु हुने बित्तिकै ट्याकर लगायतको उपयोग हुने छ भने दुधमा रोल्पा नगरपालिका आत्मनिर्भर बन्ने छ । पशु स्वास्थ्य प्राविधिकका अनुसार, दुध उत्पादन बढि भएमा अन्य स्थानीय तहमा समेत बिक्री गर्न सकिन्छ ।