सुरु भएको सितलहर, यसरी बच्न सकिन्छ


नेपालगन्ज,०१ पौष। पौष महिना सुरु भएसँगै तराईका विभिन्न क्षेत्रहरुमा कठ्याङ्ग्रीदो जाडो एकदम बढेको छ। यसबीच, नेपालगन्जमा आज(मंगलबार) बिहानैदेखि सुरुभएको सितलहरले यहाँको जनजीवन नराम्रोसँग प्रभावित भएको छ।

कठ्याङ्ग्रीदो जाडो अनि सितलहरसँगै चलेको चिसो हावाका कारण सर्वसाधारणहरु घरबाट बाहिर निस्कन सकेका छैनन। सितलहर अनि जाडोका कारण बिहान स्कुल एवम कलेज पढ्ने विद्यार्थीहरु, कलेज पढाउने शिक्षकहरु लगायत बिहानै काम गर्ने मजदुरहरु धेरै प्रभावित बनेका छन।

प्रकाशित मितिः     १ पुष २०७६, मंगलवार ०८:२३  |