सांसद अथकको पहलमा कोहलपुर नगरपालिकालाई ५ करोड बढि अनुदान


राष्ट्रिय योजना आयोग ले बाँकेको कोहलपुर नगरपालिकालाई ५ करोड बढि अनुदान उपलब्ध गराउने भएको छ । नगरक्षेत्रभित्र बिभिन्न योजना संचालनकालागि आयोगलले अनुदान र समपुरकतर्फ ५ करोड १७ लाख ६१ लाख ४ सय ३३ रकम बिनियोजन गरेको हो । बिनियोजित रकममध्ये अनुदानतर्फ सिकलसेल एनिमिया ल्याब स्थापनाकालागि ३ करोड ३१ लाख १० हजार र सरस्वती मावि पिपिरिको विद्यालय भवन निर्माणकालागी ५३ लाख ६७ हजार ७१ रकम रहेको छ ।

समपुरकतर्फ कोहलपुर नगरपालिका रिङ्गरोड निर्माणकालागी ९१ लाख ५५ हजार ७४ र साझाचोक देखि पुर्व दिपशिखा स्कुल हुँदै नगर विकास समितिको सिमानासम्म सडक कालोपत्रेकालागी ४१ लाख २९ हजार २ सय ८८ रुपौयाँ बिनियोजन गरिएको बाँके निर्वाचन क्षेत्र नं. १ का संघिय साँसद महेश्वर गहतराज अथकले जानकारी दिए । उक्त योजना छनौटकालागि साँसद अथकले विशेष पहल गर्दै आएका थिए ।

प्रकाशित मितिः     १ पुष २०७६, मंगलवार १०:५७  |