नेपालगन्ज २ पुस- सरकारले अण्डाकोे मूल्य निर्धारण नगर्दा ब्यवसाय धरापमा परेको बाँके र बर्दियाका अण्डा उत्पादक किसानले गुनासो गरेका छन् ।
अन्य बस्तुको मूल्य निधारण गरे जस्तै अण्डाको मूल्य पनि निर्धारण गर्न माग गर्दै अण्डा उत्पादक किसानले ब्यापारीले मनोमानी ढंगले अण्डा विक्री गर्दै आएको आरोप लगाएका छन् ।
संघले प्रति क्यारेट दुई सय ७५ रूपैयाँ मूल्य कायम गरेको संघका केन्द्रीय सदस्य ललितबहादुर जिसी बताउँछन् ।
प्रति क्यारेटमा पाँच रूपैया नाफा राखेर कारोबार गर्न सप्लायर्सलाई आग्रह गरिएको छ ।
तर, सप्लायर्सले किसानको घरमै गएर दुई सय ६० रुपैयाँमा प्रतिक्यारेट अण्डा उठाइरहेका छन् ।
उनले भने, ‘अहिले त किसान मर्ने, बिचौलिया मालामाल हुने अवस्था आएको छ ।’
बाँके र बर्दियामा ३० जना अण्डा उत्पादक किसान छन् । दुई जिल्लामा गरेर प्रतिदिन ६० हजार अण्डा उत्पादन भइरहेको छ ।
यो उत्पादनले नेपालगन्जको बजार धान्न सकिरहेको छैन ।
नेपालगन्जमा मात्रै दैनिक दुई लाख अण्डाको माग रहेको उनी बताउँछन् । कुखुरा पालक किसान राम्रो मुनाफा हुन नसकेपछि घट्दै गइरहेका छन् ।
बाँके र बर्दियामा ७२ जना किसान थिए । अहिले ३० जनामा झरेका छन् ।
कुखुरा व्यवसाय जोखिममा देखिएकोउनले भने ‘त्यसमा पनि सरकारले मूल्य निर्धारण गरिदिएको छैन । बिचौलियाले भने अनुसारको मूल्यमा बेच्नु परिरहेको छ ।
बाँके र बर्दियामा भारतीय अण्डाको प्रभाव कम छ । भारतबाट सेतो अण्डा आउने भएकाले त्यसलाई उपभोक्ताले मन पराउदैनन् उनले भने ‘त्यसमा पनि भारतीय अण्डा प्रतिबन्ध छ ।’
उनकाअनुसार कात्तिक २१ गतेदेखि नै किसान आन्दोलित छन् ।
सरकारसँग अण्डाको मूल्य निर्धारण गरिदिन माग गरिरहेका छन् ।